विराटनगर– नारदमुनी पवित्रादेवी स्मृति कोष ग्रामथान–२ झोराहाटले पत्रकार बिक्रम निरौलासहित पाँच जनालाई पुरस्कृत गरेका छन् । कोषले झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कारबाट निरौलालाई पुरस्कृत गरेको हो ।
कोशी प्रदेशका सभामुखी अम्बरबहादुर बिष्टले पत्रकार निरौलालाई दोसल्ला ओढाएर फूलमाला लगाइ कदर पत्र र ११ हजार १११ रुपैयाँ पुरस्कार राशी हस्तान्तरण गरेका हुन् । यस्तै, कोषले छत्रपति लुइँटेल सेवा निवृत शिक्षक सम्मानबाट सरस्वती माध्यमिक विद्यालय झोराहाटबाट सेवा निवृत दुई जना शिक्षक र उक्त विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीलाईसमेत पुरस्कृत गरेका छन् ।
उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संयुक्त रुपमा उक्त विद्यालयका सेवा निवृत पूर्वप्रधानाध्यापक शिवबहादुर अधिकारी र सेवा निवृत शिक्षक नारायण बहादुर न्यौपानेलाई दोसल्ला ओढाएर फूलमाला लगाइ कदर पत्र र ५१–५१ सय नगद हस्तान्तरण गरेका छन् ।
यस्तै, कोषले छत्रपति लुइँटेल स्मृति छात्रवृति सरस्वती मावि झोराहाटको कक्षा १० मा अध्ययनरत रोजिना गच्छदार र कक्षा ९ मा अध्ययनरत आयुस खत्वेलाई प्रदान गरेको छ । विराटनगर महानगर प्रमुख नागेश कोइरालाले रोजिना र आयुसलाई दोसल्ला ओढाएर फूलमाला लगाइ कदर पत्र र २१–२१ सय राशीको छात्रवृति हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सभामुख विष्ट, महानगर प्रमुख कोइराला, अध्यक्ष राउतलगायतले पतिापुर्खाको नाममा स्मृति कोष स्थापना गरेर पुरस्कार वितरणलगायतको कार्यक्रम आयोजना गरेर उहाँहरुको नाम अमर बनाएको भन्दै प्रशंसा गरेका थिए । उनीहरुले छत्रपति लुइँटेलले समाजका लागि विभिन्न क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमका सहभागीहरुले छत्रपति लुइँटेल स्मृति ग्रन्थको समेत लोकार्पण गरेका थिए ।
साहित्य/कला
वरिष्ठ सर्जक गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा अत्येष्टि
बाँसको भवनमा मुन्दुमको आत्मा : खोटाङमा अन्तर्राष्ट्रिय कला संग्रहालय निर्माण हुँदै
द नेप्लिज संवाददाताबकर ईद धूमधामसँग मनाइँदै, मस्जिदमा मुस्लिम धर्मावलम्बीको घुइँचो
द नेप्लिज संवाददाताआरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव सुरु
द नेप्लिज संवाददाताआरोहण गुरुकुलको विराट वाङ्मय उत्सव सम्पन्न
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares