२४ असार २०८२, बुधबार 09 Jul 2025, Wednesday

उद्योगी विनोद चौधरीविरुद्धको मुद्दा असरा २६ गते सर्वोच्चमा पेसी

द नेप्लिज संवाददाता
२० असार २०८२, शनिबार

विराटनगर– अर्बपति उद्योगी विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले असार २६ गते पेसी तोकेको छ । नेपाली कांग्रेसको विधानविपरित माननीय चौधरीले पार्टीको १४ औँ महाधिवेशनमा मधेसी कोटामा उम्मेदवारी दिइ निर्वाचित भएको भन्दै डा. शुभाषचन्द्र यादवले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । उनले नेपाली कांग्रेसको विधान बमोजिम योग्यता पुगेका उम्मेदवारलाई मधेसी कोटामा केन्द्रयि सदस्यमा निर्वाचित गराउन माग दावीसहित रिट दायर गरेका छन् । 

नेपाली कांग्रेसको विधानमा मधेसी खुल्ला केन्द्रीय सदस्य ५ जना पुरुष रहने व्यवस्था छ । मधेसी खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकामध्ये निर्वाचित ५ जना पुरुषमा चौधरी पनि निर्वाचित भएका छन् भने डा. यादव छैठौँ स्थानमा रहेको छ । माननी चोधरी कांग्रेसको विधान बमोजिम अयोग्य साबित भएको अवस्थामा डा. यादव केन्द्रीय सदस्यमा स्वतः निर्वाचित हुनेछन् । 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा माननीय विनोद चौधरी र डा. शुभाषचन्द्र यादवलगायत मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका थिए ।  माननीय चौधरीको पार्टी विधान विपरित उम्मेदवारी विरुद्ध डा. यादवले दावी विरोधको आवेदन दर्ता गराउन गएको तर उनको उजुरी निर्वाचन समितिले आलटाल गर्दै लिएनन् । निर्वाचन समितिले दावी विरोधको उजुरी नलिएपछि भएको निर्वाचनमा माननीय चौधरी निर्वाचित भएका हुन् । 

डा. यादवले निर्वाचन समिति, निर्वाचन आयोग, नेपाली कांग्रेस केन्द्रीय कार्यालयलगायत नेताहरु समक्ष पार्टीको विधान अनुरुप चौधरीको केन्द्रीय सदस्यको उम्मेदवारी खारेज हुनुपर्ने अनेकौँ हारगुहार लगाए पनि कुनै सुनुवाइ नभएपछि अन्ततोगत्वा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरराएका थिए । डा. यादवले निर्वाचन आयोग, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, केन्द्रीय निर्वाचन समिति, मुख्य सचिव र विनोद चौधरीविरुद्ध सर्वोच्चमा २०७८ फाल्गुन ३ गते रिट दायर गरेका हुन् । उक्त मुद्दामा सर्वोच्च अदालतले २० वटाभन्दा बढी पेसी तोकिसकेकोले असार २३ गते सुनुवाइ गरी फैसला गर्ने सम्भावना बढेको यादवले बताएका छन् । 

नेपाली कांग्रेसको विधानको दफा २१ को उपदफा (८) अनुसार पार्टीको निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको व्यक्ति मात्रै केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउने व्यवस्था छ । माननीय चौधरी २०६४ को दोस्रो संविधानसभामा एमालेबाट समानुपातिकतर्फ संविधानसभा सदस्य निर्वाचित भएका थिए । चौधरी २०६९ सालसम्म एमालेबाट संविधानसभा सदस्य रहेका थिए । उनी २०७४ सालमा मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेकोले केन्द्रीय सदस्यका लागि अयोग्य देखिएका हुन् । 

माननीय चौधरीले उम्मेदवारी दिने क्रममा क्रियाशील सदस्यता प्राप्त गरेको १० वर्ष भएको फर्जी कागजात निर्वाचन समितिमा पेश गरेर निर्वाचित भएका हुन् । डा. यादव नेपाली कांग्रेस सिरहा क्षेत्र ३ बाट महासमिति सदस्य हुन् भने माओवादी द्वन्द्वकालमा माओवादीद्वारा हत्या गरिएका तत्कालिन नेपाली कांग्रेसका जिल्ला सभापति चन्द्र नारायण यादव र नेपाली कांग्रेसकी पूर्वकोषाध्यक्ष सितादेवी यादवका छोरा हुन् । 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा चोधरीलाई पार्टीको विधानविपरित केन्द्रीय सदस्यमा किन निर्वाचित गराएको भन्दै पार्टी सभापति शेरबहादुर देउवासँग जवाफ मागेपछि यो विषय चर्चामा आएको हो । पार्टी बैठकमा चौधरीले डा. कोइरालाले उठाएको प्रश्नको प्रतिवाद गरेपछि पार्टीका नेता तथा कार्यकर्ता उनीविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन् ।  

प्रकाशित : २० असार २०८२, शनिबार 18:08
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved