विराटनगर– राष्ट्रिय समाचार समिति(रासस)ले ६४ औं स्थापना दिवसको अवसरमा कोशी प्रमुख मोहम्मद सदरुल र सुनसरी संवाददाता संगिता राईलाई पुरस्कृत गरेको छ । राससले स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले दुबै जनालाई पुरस्कृत गरेका हुन् ।
उक्त कार्यक्रममा मन्त्री भण्डारीले आफू सधैं वाक् स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्टीकरण दिएका छन् । मन्त्री भण्डारीले यसअघि प्रदेशसभामा टेवल गरेको प्रदेश आमसञ्चार प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा पत्रकारलाई एक लाखसम्म दण्ड जरिवाना गर्ने उल्लेख गरेका कारण आलोचित बनेका हुन् । उक्त विधेयकको सैद्धान्तिक छलफल सकिएपछि सभामुख अमरबहादुर विष्टले प्रदेश सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गराउन ७२ घण्टाको समय दिएका थिए । विधेयकको प्रस्तावनादेखि अधिकांश दफा, उपदफा र खण्डका साथै अनुसूचीमा समेत संशोधनका लागि १३ जना सांसदले १२ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
मन्त्री भण्डारीले पत्रकार र पत्रकारितालाई नियन्त्रित गर्ने आप्mनो कुनै मनसाय नभएको तर सदनमा विधेयक दर्ता गराउने दवावमा मात्रै केही तलमाथि परेको र त्यो समितिको छलफलले परिपक्व भएपछि मात्रै प्रदेशसभाबाट पारित हुने भन्दै पत्रकारहरुलाई चित बुझाउने प्रयास गरेका थिए । उनले सदनमा अघिल्लो दिन विपक्षी दलका सांसदले उठाएको सवालका विषयमा आफूले अर्को दिन जवाफ दिँदा विपक्षी दलको सांसदको ठूलो तस्बिर राखेर समाचार छाप्ने तर जवाफ दिनेको विषयमा केही नछाप्ने जस्तो मिसन पत्रकारिता पनि गर्न नहुने तर्क गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ मोरङकी अध्यक्ष शुशिला पाठक र प्रदेश पत्रकार महाससंघकी महासचिव हीमा चेम्जोले आमसञ्चार प्रतिष्ठान सम्बन्धी विधेयकलाई सम्पूर्ण पत्रकार र पत्रकारिता क्षेत्रको समस्या समाधान हुने व्यवस्था गरेर मात्रै प्रदेशसभाबाट पारित गर्न ध्यानाकर्षण गराइन् ।
प्रदेश
नेपाल ब्यूटिसियन संघ कोशीको अध्यक्षमा सुधा
द नेप्लिज संवाददातालाेकतन्त्र प्रेस स्वतन्त्रताका लागि अपरिहार्य
द नेप्लिज संवाददाताकोशी प्रदेशका २३ सय संस्थाका ६१ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
द नेप्लिज संवाददाता१ खर्ब ७३ अर्बकाे ७१ परियाेजना साेकेसिङ
कोसी लगानी सम्मेलन : के भने प्रदेशका मुख्यमन्त्रीहरुले ?
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares