विराटनगर — देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार दिउँसो पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागहरूमा मौसम मुख्यतः सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ।
‘पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ,’ विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ।यस्तै, हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको छ।
राति पनि पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने विभागले जनाएको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।हाल देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रिएको विभागले जनाएको छ, जसको आंशिक प्रभाव अहिलेको मौसमी अवस्था देखिएको हो।
शिक्षा/प्रविधि
गणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददातामहेन्द्र बहुमुखी क्याम्पसको नाममा अन्तरिम आदेश
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares