२२ वैशाख २०८२, सोमबार 05 May 2025, Monday

कोसी लगानी सम्मेलन : के भने प्रदेशका मुख्यमन्त्रीहरुले ?

द नेप्लिज संवाददाता
१८ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर- कोसी प्रदेश लगानी सम्मेलनकाे उद्घाटन सत्रका वक्ताहरूले कोसी प्रदेश लगानीकाे दृष्टिले सम्भावना बोकेको प्रदेश भएको बताएका छन् । सम्मेलनमा काेशी, मधेस, कर्णाली प्रदेशका मुख्यमन्त्रीहरू प्रदेशहरूमा लगानीकाे वातावरण बनाउन आवश्यक सहज कानुनी व्यवस्थाका लागि प्रधानमन्त्री केपी शर्मा ध्यानाकर्षण गराएका छन् ।

विराटनगरमा शुक्रबार सम्मेलन उद्घाटनको अबसरमा बोल्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोसी लगानीका हिसाबले उपयुक्त प्रदेश भएको बताउँदै सम्भावना देखेरै लगानी सम्मेलन आयोजना गरिएको बताए । ´स्थानीय तहले पहिचान गरेका र प्रदेशले समेत अघि बढाएका १० करोड माथिका योजनासमेत अघि बढाउने प्रयोजनले लगानी सम्मेलन गरेका हौं," मुख्यमन्त्री कार्कीले भने,"निजी क्षेत्रलाई साथै लिएर अघि बढ्ने प्रयास शुरु गरेका छौं ।`

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले नयाँ संरचनामा गएपनि पुराना कानुनले स्थायी सरकार निर्देशित र रेखदेख गर्नुपर्दा अन्तरविरोध प्रकट भएको बताए । उनले भने, ´सात दशक राजनीतिक आन्दोलनमा जिन्दावाद्, मुर्दाबाद् भन्दै बित्यो अब प्रदेशहरुले आ-आफ्ना विशिष्टता अनुसार समृद्धिको बाटोतिर लाग्नुपर्छ । उनले सात वर्षीमात्र भएको नयाँ व्यवस्था प्रति जनताको अपेक्षा अझ धेरै बढेको बताए ‌।

उनले भने, ´सीमित साधन स्रोत छ तर अपेक्षा धेरै छन् । तथ्य र तथ्याङ्कको आधारमा दृष्टिकोण बनाइनु पर्दछ । सबै विषयलाई राजनीतिक दृष्टिले मात्र हेरिनु हुन्न ।`

मधेस प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले सबै प्रदेशमा उपलब्ध प्राकृतिक स्रोत साधनको समुचित प्रयोगले उन्नति तर्फ जान सकिने बताए । उनले भने, ´विकासको माहोल खुलेको छ । संघीयताको सात वर्षमा विकासका धेरै ढोका खुलेका छन् ।` मुख्यमन्त्री सिंहले ठूला जनसंख्या भएका बिहार, पश्चिममा बंगाल र उत्तर प्रदेशका दुई करोड भारतीयलाई मात्र धार्मिक पर्यटकको रुपमा ल्याउन सक्दा मात्र पनि नेपालले फाइदा लिन सक्ने बताए ।

´नयाँ पुस्तालाई विदेश पठाएर होइन यहीँ रोजगारी सिर्जना गरेर प्रदेश विकास गर्न सकिन्छ, प्रदेश बन्दा राष्ट्र पनि बन्छ,` उनले भने ।

कोसीका पूर्वमन्त्रीहरु शेरधन राई, राजेन्द्र राई र उद्धव थापाले कोसी प्रदेश हरेक हिसाबले स्रोत युक्त भएको बताए । पूर्व मुख्यमन्त्री राजेन्द्र राईले भने, ´प्रदेशमा सबै चिज छ तर कसरी उपभोग गर्ने भन्ने विषय हो । कानुनी समस्या छन् तिनलाई संशोधन गर्नुपर्छ । माथिबाट गांठो फुकाउनु पर्छ,` राईले भने, ´संविधान संशोधनसम्ममा गएर ऐन कानून संशोधन गरेर प्रदेशलाई दह्रो बनाइनु पर्दछ ।` सम्मेलनमा कोसीका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्सवो, नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित : १८ वैशाख २०८२, बिहीबार 17:49
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved