काठमाडौँ– सरकारले यथास्थितिमा बोलाएको वार्तामा नजाने शिक्षक महासंघले अडान राखेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघसँग अनुरोध गरेको थियो ।
सरकारी टोली शिक्षकलाई कुरेर शुक्रबार सिंहदरबारमा बसेको थियो । तर आफ्नो पक्ष प्रष्ट पार्दै महासंघ वार्तामा गएन । शिक्षक महासंघ नगएपछि दोस्रो पटक सरकारले वार्तामा बोलाएको हो ।
‘हामी फेरि वार्तामा जादैनौ । वार्ताले समाधान दिँदैन । समाधान नदिने वार्तामा जानु भनेको समय नष्ट गर्नु हो । मन्त्री, प्रमुख सचेतकलगायतलाई वार्तामा दिने समय सिन निर्माणमा दिनुहोस् भनेका छौं’, महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सञ्चारकर्मीहरुसँग भने ।
अध्यक्ष सुवेदीले समाधानका लागि तीन विकल्प सुझाएका छन् । ‘सरकारले अध्यादेशबाट निकास दिन सक्छ् । अर्को बर्खे अधिवेशन तत्काल बोलाएर प्रक्रिया अगाडि बढाउन सक्छ । विशेष अधिवेशन पनि आह्वान गरेर ऐन जारी गर्न सक्छ’, उनले भने, ‘यसपटक परिणाम नलिइ नफर्किने हो । सदन बोलाउन लगाएर भए पनि ऐन लिएर फर्किने हो ।’
ऐन बन्ने स्थिति भएमा ऐनभित्रको विषयवस्तुमा छलफल गर्न भने सकिने उनले प्रष्ट बोलेका छन् । २०८० असोज ५ मा सहमति भइसकेकाले फेरि वार्ताको औचित्य नरहेको महासंघको निष्कर्ष छ । सहमति कार्यान्वयन नभएको भन्दै विगत २ महिनादेखि महासंघले चरणबद्ध आन्दोलन गरिरहेको छ । अहिले २० चैतदेखि देशभरका शिक्षक काठमाडौँमा छन् । काठमाडौमा दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares