विराटनगर– पूर्वाञ्चल विश्वविद्यालय (पूवी)ले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका प्राध्यापकहरुलाई अनुसन्धान कार्यमा प्रेरित गर्न क्षमता विकास कार्यक्रम सञ्चालन गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय डिन कार्यालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा प्राध्यापकहरुलाई अनुसन्धान कार्यका लागि क्षमता विकास गर्न सात दिने ‘आर प्रोग्रामिङ फर डाटा एनालाइशिस’ तालिम सुरु गरेको हो ।
तालिममा आंगिक कलेजहरु पूवि व्यवस्थापन कलेज, पूवि जनता बहुमुखि क्याम्पस, ल क्याम्पस विराटनगर, गिरीजा प्रसाद कोइराला एग्रिकलचर तथा रिर्सच सेन्टर, पूवि कलेज अफ इन्भारोमेन्ट एण्ड फोरेष्ट्री तथा पूवि स्कूल अफ हेल्थ साइन्सबाट २/२ जना प्राध्यापकको सहभागिता रहेको छ ।
त्यसैगरी सम्वन्धन प्राप्त कलेजहरु इलाम एग्रिकलचर सामुदायिक कलेज, गोमेन्द्र वहुमुखि कलेज विर्तामोड, मदन भण्डारी मेमोरीयल कलेज उर्लावारी, इस्टर्न इन्जिनियरीङ्ग कलेज, क्षितिज एजुकेशन राजविराज, यूनिक मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल प्रालि र जनकपुर सेन्ट्रल इन्जिनियरीङ्ग जनकपुरबाट १÷१ जना गरी ४० जना प्राध्यापकको तालिममा सहभागिता रहेको विज्ञान तथा प्रविधि संकायका अधिकृत दिपेन्द्र कुमार मण्डलले बताएका छन् । आर प्रोग्रामिङ फर डाटा एनालाइशिस विद् डा. विजय लाल प्रधानले तालिममा सहजीकरण गरिरहेको उनले बताएका हुन् ।
यसअघि विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय सह–डिन मनोजकुमार हलुवाईको पहलमा २०८१÷०८२ मा पनि सात दिने तालिम प्राध्यापकहरुका लागि सञ्चालन गरिएको थियो । यस्ता गतिविधि तथा तालिमले विश्वविद्यालयका प्राध्यापक वर्गलाई अनुसन्धानमा थप मद्दत पुग्ने तालिमका संयोजक तथा निवर्तमान परीक्षा नियन्त्रक अजय कुमार शाहले बताएका हुन् ।
विज्ञान प्रविधि संकायका निमित डिन मनोजकुमारले यस्ता क्रार्यक्रमले प्राध्यापकहरुलाई तिव्र रुपमा विकास भइरहेको प्रविधिको बारेमा ज्ञान प्रदान गर्दै त्यसबाट विद्यार्थीहरुलाई समेत लाभान्वित हुने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले यो तालिमले प्रध्यापन पेसामा आबद्ध शिक्षक प्राध्यापकहरुलाई अनुसन्धान कार्यमा समेत प्रेरित गर्न मद्दत पुग्ने बताएका हुन् ।
शिक्षा/प्रविधि
पृथ्वी तातिनुको नयाँ कारण पत्ता लाग्यो
मनसुनमा रातिको झरी किन बढी?
द नेप्लिज संवाददातासमाज परिवर्तनका लागि प्राध्यापकहरुको अनुसन्धानले योगदान गर्नुपर्छ : रजिस्टार कल्याणी
द नेप्लिज संवाददाताएसईईमा फेल हुनु कसको असफलता हो ?
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares