२२ वैशाख २०८२, सोमबार 05 May 2025, Monday

मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित

१७ वैशाख २०८२, बुधबार

Advertisement

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्लब विजयी भएको छ ।

मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको समुह ´बी` अन्तरगतको लिग चरणकाे दाेस्राे खेलमा आसामसँग आयोजक कोशी प्रदेश ९७ रनले पराजित भएकाे हाे ।

टस जितेर ब्याटिङ गरेको आसामले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ९ रनको सम्मानजनक स्कोर बनाएको थियो । आसामका प्लेयर अफ द म्याच कप्तान गोकुल शर्माले ९९ बलमा २ छक्का र ७ चौका प्रहार गर्दै ७८ रन बनाउँदा अरुण सोनारले ५१ रन, केभिन सन्जिव क्रिस्टोफरले १५ रन र अमित सिंहाले १२ रनको योगदान दिए । कोशीका प्रेम कामतले १० ओभरमा ३ मेडन राख्दै ४ विकेट लिँदा विपिनकुमार महतो र भुपाल लुइटेलले २–२ विकेट लिए ।

दाेस्राे इनिङ्समा २ सय १० रनको लक्ष्य पाएको कोशीले ३७ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय १२ रनमा सिमित भयो । कोशीका पुछारका ब्याटर विपिनकुमार महतोले १५ रन बनाउँदा यस भट्टराई पनि १५ रन जोडे । त्यस्तै ओपनर ब्याटस्म्यान चिराग कबहले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंक जाेड्न सकेनन् । आसामका टपनकुमार शर्माले ३ विकेट लिँदा कप्तान गोकसल शर्मा पनि ३ विकेट दिए ।

आसामले पहिलाे खेलमा जित हात पार्दै २ अंक बटुलेको छ भने कोशीले पनि २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंक जाेडेको छ । आसामले अव बिहिबार पुलिसँग प्रतिस्पर्धा गर्ने छ । पुलिसले आसामलाई फराकिलो अन्तरले पराजित गरेमात्र तीनै टिमकोे सम्भावना नेट रन रेटले तय गर्ने छ ।

प्रकाशित : १७ वैशाख २०८२, बुधबार 15:40
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved