१६ भदौ २०८२, मङ्गलबार 02 Sep 2025, Tuesday

खेलकुद क्षेत्रमा फड्को मार्दै बुढीगंगा गाउँपालिका

द नेप्लिज संवाददाता
१२ भदौ २०८२, शुक्रबार

विराटनगर–  मोरङको बुढीगंगा गाउँपालिकाले खेलकुद क्षेत्रमा फड्को मार्न थालेको छ । गाउँपालिकाले ३२ जना फुटबल खेलाडी तयार पार्न सफल भएको हो । 

बुढीगंगा गाउँपालिकाको गाउँ यूवा परिषद्ले गत असार १३ देखि २१ गतेसम्म आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताबाट ३२ खेलाडी छनौट गरी गाउँपालिकालाई शुक्रबार हस्तान्तरण गरेको छ । बुढीगंगा गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगरलाई गाउँ यूवा परिषद्का अध्यक्ष पुजेश कोइरालाले खेलाडी हस्तान्तरण गरेका हुन् । 

प्रतियोगितामा प्रारम्भिक चरणमा सहभागी भएका २ सय खेलाडीमध्ये छनौट भएका ३२ जना खेलाडी गाउँपालिका अध्यक्ष थापा मगरलाई हस्तान्तरण गरेको गाउँ यूवा परिषद्का अध्यक्ष कोइरालाले बताए । उनले अखिल नेपाल फुटबल संघ (एन्फा)को नियम अनुशार खेलाडी छनौट गरी हस्तान्तरण गरेको बताए । 

गाउँपालिकाको १२ लाख रुपैयाँँको सहयोगमा परिषद्ले वडास्तरीय प्रतियोगिता आयोजना गरेको प्रतिवेदन युवा परिषद्ले सार्वजनिक गरेको छ । परिषद् अध्यक्ष कोइरालाले ७ वटा वडा र १३ वटा माविको एक टिम गरी ८ वटा टिमबीच प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगिताको मुख्य उद्देश्य फुटबल खेलाडीको प्रतिभा पहिचान गरि उत्कृष्ट खेलाडी छनौट गर्नु रहेको परिषद्का अध्यक्ष कोइरालाले बताए । वडास्तरमा खेल सञ्चालन गरेर खेलाडी छनौट गरी पालिका स्तरको प्रतियोगिता आयोजना गरिएको उनले बताए । 

उक्त प्रतियोगिताले बुढीगंगा गाउँपालिकाका तर्फबाट विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने गाउँपालिकास्तरीय फुटबल टिम तयार भएको छ । युवाहरुको व्यक्तित्व विकास र कुलतबाट जोगाउने उद्देश्यले गाउँपालिकाले फुटबल टिम तयार गरेको अध्यक्ष थापा मगरले जानकारी दिएका हुन् । उनले निरन्तर अभ्यासका लागि फुटबल खेलाडीका लागि कोच र डाईटको व्यवस्थाका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताएका छन् ।  

खेलकुदका माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यका साथ खेलकुद क्षेत्रमा लगानी बढाउँदै लगेको अध्यक्ष थापा मगरको भनाइ छ । उनले ८ वर्ष उमेर समूहका खेलाडीहरुलाई समेटेर क्लब गठन गरी प्रशिक्षण दिने तयारी गरिएको बताएका छन् । फुटबलका गतिविधिहरु पालिकास्तरबाटै सञ्चालन गरिने अध्यक्ष थापा मगरको भनाइ छ । उनले चालू आर्थिक वर्षमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी रहेको बताएका हुन् । गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष थापा मगरको भनाइ छ ।  

प्रकाशित : १२ भदौ २०८२, शुक्रबार 21:16
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved