आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिता
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राईजिङ स्कुल र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा राईजिङ स्कुलले विकेभिएम स्कुललाई ५ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको राईजिङले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १९ रन बनाएको थियो । राइजिङका लागि प्लेयर अफ द म्याच रेहान शेखले सर्वाधिक ३४ रनको योगदान दिए । विकेभिएमका जितेन्द्र यादवले २ विकेट लिए ।
१ सय २० रनको लक्ष्य पछ्याएको विकेभिएमले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाई १ सय १४ रनमा सिमित रहयो । विकेभिएमका निखिल महतोले सर्वाधिक २० रनको योगदान दिए । राईजिङका रेहान शेखले २ विकेट लिए ।
दोस्रो खेलमा सरस्वती स्कुलले ग्रिनपिस स्कुललाई १ विकेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सवै विकेट गुमाएर ९० रन बनाएको थियो । ग्रिनपिसका लागि मुर्सिद मन्सुरीले सर्वाधिक २६ रनको योगदान गरे । सरस्वतीका प्रसान्त यादवले २ विकेट लिए ।
९१ रनको लक्ष्य पछ्याएको सरस्वतीले १८ दशमलव २ बलमा ९ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सरस्वतीका प्लेयर अफ द म्याच विकाश कामतले सर्वाधिक ३५ रनको योगदान दिए । ग्रिनपिसका मुर्सिद आलमले ३ विकेट लिए ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares