विराटनगर– काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले शनिबार नयाँ बबरमहल–बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । केही दिनदेखि बबरमहल–नयाँ बानेश्वर सडकमा नारा–जुलुससहित प्रदर्शन गरेका शिक्षकहरूले आज फरक शैलीमा आधा घण्टा सुतेर प्रदर्शन गरेका हुन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौं आएका छन् । शिक्षकहरूले शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । यसबेला संसदको अधिवेशन पनि अन्त्य भएकोले शिक्षकहरूले अध्यादेशबाट भए पनि ऐन बनाउन माग गरेका छन् ।
अध्यादेश सम्भव नभए छिट्टै बर्खे अधिवेशन बोलाएर ऐन बनाउनुपर्ने या त विशेष अधिवेशन बोलाएर पनि आफूहरूको माग पूरा गर्नुपर्ने अडान शिक्षकहरूले राखेका छन् । आन्दोलनरत शिक्षकहरुले सरकारले तीन दिनभित्र दुई पटक बोलाएको वार्ता पनि अस्वीकारेका छन् ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares