विराटनगर – गायक कुमा सागरको मातृभाषाको लवजलाई आधार बनाइ अश्लील तरिकाले व्यङ्ग्य गरिएको भन्दै चार जनाविरुद्ध किटानी जाहेरी दिए पनि पक्राउ नगरिएकोमा काठमाडौँको भद्रकालीस्थित प्र्रहरी परिसरको भवन अगाडि बिहीबार नेवा सम्पदा संरक्षण महाअभियानले प्रदर्शन गरेको छ ।
नेवार समुदायका १५ जनाले सोमबार कुमा सागरको गाएन शैलीमा आउने मात्रीभाषाको लवजलाई अश्लीतासँग जोडेर गिज्याएको भन्दै कमेडियनहरू सजन श्रेष्ठ, सुजन जिम्बा र उत्सव सापकोटासहित कार्यक्रम प्रस्तोता सुशान्त प्रधानविरुद्ध उक्त परिसरमा निवेदन दिएका थिए । किटानी जाहेरी दिएको ४८ घण्टा बितिसक्दा पनि उनीहरूलाई पक्राउ नगरिएकोमा आक्रोश पोख्दै परिसरको भवन अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हाम्रो मात्री भाषाको अपमान सहँदैनौँ’ भन्दै आन्दोनमा उत्रिएका छन् । प्रदर्शनकारीले चारै जनाको तस्बिर राखेर ब्यानर बनाइ उनीहरूमाथि कारवाहीको माग गरेका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares