काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ । अन्य कक्षाका वार्षिक परीक्षाहरू पनि जारी छन् । बालबालिकाको भविष्यसँग जोडिएको यो पक्षमा ध्यानै नदिइ विभिन्न समूहहरूले आन्दोलन घोषणा गरेका छन् । यसले विद्यार्थीको परीक्षामा असर पारेको छ ।
शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘यो शैक्षिक सत्रको अन्तिम महिना हो, परीक्षा र नतिजा सार्वजनिक गर्ने समय हो । हामी सबैलाई जिम्मेवार र सजग भएर परीक्षा समयमा व्यवहार गरिदिन अपिल गर्छौं ।’
हाल आन्दोलनका कारण काठमाडौंका केही विद्यालयहरू बन्द भएका छन् । प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस जस्ता विद्यालयहरूले दिउँसोको पठनपाठन बन्द गर्ने सूचना अभिभावकलाई पठाएका छन् । प्रदर्शनका कारण सवारी आवागमन र सुरक्षामा असर पर्नसक्ने भन्दै केही विद्यालयहरूले यस्तो कदम चालेका हुन् ।
तर प्याब्सन र एनप्याब्सनले शैक्षिक संस्था बन्दको कुनै आधिकारिक निर्णय नगरेको जानकारी दिएका छन् । शिक्षा मन्त्री विद्या भट्टराईले गृह मन्त्रालय र शिक्षा मन्त्रालयको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको बताइन् । उनले विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिनका लागि सबैको सहकार्य आवश्यक रहेको भनेकी छन् ।
विभिन्न आन्दोलनका कारण एसईई र अन्य वार्षिक परीक्षामा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । शिक्षा मन्त्रालयले जिम्मेवार बन्न र कुनै पनि गतिविधि परीक्षामा बाधा नगर्न अनुरोध गरेको छ ।
शिक्षा/प्रविधि
कोशी–मधेशसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
द नेप्लिज संवाददाताआजबाट कक्षा १२ को परीक्षा , ५ लाख बढी परीक्षार्थी सहभागी
द नेप्लिज संवाददाताकोशी, मधेशसहित पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातानेपालमा मौरीको रानु उत्पादनमा ऐतिहासिक सफलता
द नेप्लिज संवाददाताकिटमा नेपाली विद्यार्थीको मृत्युमा शिक्षा मन्त्रालयको चासो
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares