काठमाडौँ – नेपाल शिक्षक महासंघले चैत २० देखि काठमाडौँमा सुरु हुने सडक आन्दोलनको तयारीको लागि देशभरका शिक्षक र कर्मचारीलाई सर्कुलर जारी गरेको छ । यस सर्कुलर अनुसार शिक्षक कर्मचारीहरूले आन्दोलन अवधिभर एसईई लगायतका सबै परीक्षाका उत्तरपुस्तिका जाँच नगर्ने र नगराउने निर्देशन प्राप्त गरेका छन् ।
सर्कुलर मार्फत सात वटा प्रमुख निर्देशन जारी गरिएको छ । यसमा मुख्यतया सरकारी शिक्षा निकायहरूद्वारा आयोजना गरिने कार्यक्रमहरूमा शिक्षकहरूले भाग नलिनु पर्ने भनिएको छ । साथै महासंघले आन्दोलनमा भाग लिन अनिवार्य रूपमा काठमाडौँ आउन चार लाख शिक्षक र कर्मचारीलाई निर्देशन दिएको छ ।
महासंघले हरेक जिल्लामा शिक्षक र कर्मचारीबाट सय रुपैयाँ परिचालन शुल्क संकलन गर्न र त्यसको ५० रुपैयाँ केन्द्रमा पठाउन भनिएको छ । यसका अतिरिक्त, हरेक जिल्लाले वार्षिक सदस्यता शुल्कको रूपमा प्रति शिक्षक २५० रुपैयाँ संकलन गर्न र केन्द्रको खातामा ५० रुपैयाँ पठाउने बताइएको छ ।
शिक्षक महासंघले शिक्षा ऐनको शीघ्र जारीकरणको लागि आन्दोलन गर्दै आएको छ भने सरकारले यस प्रक्रियामा प्रगति भइरहेको दाबी गर्दै आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । तर महासंघले ऐन जारी नभएसम्म संघर्षको क्रम रोक्ने छैन भन्ने दृढ अडान राखेको छ । यस आन्दोलनको उद्देश्य शिक्षक, विद्यार्थी र विद्यालयमैत्री शिक्षा ऐनको शीघ्र कार्यान्वयन सुनिश्चित गर्नु रहेको महासंघको भनाइ छ ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares