विराटनगर- कोशी प्रदेश गल्फ संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता भएका छन् । धरान गल्फ क्लबको गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको नेट विधा तर्फ ९ अन्डर अंक सहित गुप्ता विजेता भएको हो।
नेट तर्फको दोस्रो स्थान रमेश चौधरीले हासिल गर्न सफल भए भने तेस्रो स्थानमा राजीव घिमिरे रहयाे। प्रतियोगिताको ग्रस तर्फ ३ अन्डर अंक सहित सुमन परियार विजयी भएका छन् भने उपविजेतामा गजेन्द्र लिम्बूले चित्त बुझाएका हुन् ।
त्यस्तै , जुनियर तर्फको खेलमा दिपेश श्रेष्ठ विजेता र लक्की साह उपविजेता भएका छन् । प्रतियोगिताको सिनियर तर्फको खेलमा तुलसी लिम्बू जित्दा विजय राई दोस्रो स्थानमा रहयो ।
महिला तर्फको खेलमा पोखराकी दानवी गुरुङ विजेता र सुमित्रा लिम्बू उपविजेता भएका छन् । प्रतियोगितामा विश्व गुरुङले नियरेस्ट टु द पिन, सरोज थापाले मष्ट बर्डिज र धिरज लिम्बूले लङ्गेष्ट ड्राइभ जित्न सफल भएको कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए ।
प्रतियोगिताको विजयीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, संघका अध्यक्ष प्याकुरेल लगायतले ट्रफी हस्तान्तरण गरे ।
खेलकुद
इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares