विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ । विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–० गोलले पराजित गर्दै लेटाङले उपाधि जितेको हो ।
लेटाङ टिमको पुजन चौधरीले खेलको ४५ औँ मिनेटमा निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाउन सफल भएका हुन् । सुजन विकले निकालेको क्रस पासलाई पुजनले गोलमा परिणत गर्दै जित सुनिश्चित गरेका थिए । मिल्स गोल्डकपमा पहिलो पटक भाग लिएका लेटाङले उपाधी जित्दै इतिहास रचेको छ ।
उपाधिसँगै लेटाङले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपबिजेता उदयपुरको फ्युजन फुटबल क्लबले नगद ५१ हजार रुपैयाँमा चित्त बुझाए ।
विधागत पुरस्कारमा पनि लेटाङको बर्चस्व रहयो । बेष्ट गोलकिपरमा लेटाङका गोल रक्षक समिर क्षेत्री, बेष्ट प्लेयर अफ द टुर्नामेन्ट लेटाङका किरण शंकर, बेष्ट प्रशिक्षक लेटाङका इन्द्र राई घोषित भए । त्यसैगरी बेष्ट डिफेन्डरमा उदयपुरका युवराज थापा घोषित भए भने हाइस्कोरमा लेटाङका सौगात राई र उदयपुरका रितेश तामाङ घोषित भए । उनीहरुले प्रतियोगिताभरीमा समान २–२ गोल गरेका थिए । प्रतियोगिताको बिजेता टिम र खेलाडीहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, विराटनगर १६ का उद्धव भुजेल, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोलगायतले पुरस्कार वितरण गरेका थिए ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares