विराटनगर– शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत ७० लाखको छात्रवृति वितरण गरेको छ । कलेजले विज्ञानका १६ औँ व्याचका र व्यवस्थापन संकायका १७ औँ व्याचका विद्यार्थीहरूलाई कलेजले उक्त छात्रवृति वितरण गरेको हो ।
कलेजमा कक्षा १२ को पढाइ पूरा गरी विज्ञानका १६ औँ व्याच र व्यवस्थापन संकायका १७ औँ व्याचका १ हजार १ सय ३५ जना विद्यार्थीहरूले कक्षा पूरा गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । उनले यो व्याचका गरीव, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई ७० लाको छात्रवृति वितरण गरेको बताए ।
विद्यार्थीहरुको विदाइ गर्दै प्रिन्सिपल खड्काले विद्यालयमा आर्जन गरेको ज्ञानलाई आफ्नो समाजका लागि उपयोग गर्न आग्रह गरेका छन् । ‘विद्यालयमा सिकेको ज्ञान व्यवहारमा उतारेर विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्नुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु,’ प्रिन्सिपल खड्काले भने, ‘आगामी दिनको सफलताको विद्यार्थीहरुलाई शुभकामना पनि दिन चाहन्छु ।’
कार्यक्रममा व्यवसंस्थाप संकायका को–अर्डिनेटर शंकर भट्टराई, निर्देशक शैलेन्द्र शिवाकोटी, रमेशकुमार मण्डल, राजेन्द्रप्रसाद यादव, डा. विमल श्रीवास्तव र ललित नारायण मन्दर, रामचन्द्र पौडेललगायतले विद्यार्थीहरुलाई सफताको शुभकामना दिए ।
कोशी प्रदेशका सांसद तथा कलेजका अध्यक्ष भीम पराजुलीले आत्मविश्वासका साथ परीक्षा दिनेले सधैँ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे ।
शिक्षा/प्रविधि
पृथ्वी तातिनुको नयाँ कारण पत्ता लाग्यो
मनसुनमा रातिको झरी किन बढी?
द नेप्लिज संवाददातासमाज परिवर्तनका लागि प्राध्यापकहरुको अनुसन्धानले योगदान गर्नुपर्छ : रजिस्टार कल्याणी
द नेप्लिज संवाददाताएसईईमा फेल हुनु कसको असफलता हो ?
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares