स्केच : द हिन्दु
विराटनगर– आकर्षक तलब सहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइ दिने भनेर प्रलोभनमा लाखौँ रुपैयाँ ठगेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले विभिन्न व्यक्तिबाट ८५ लाख ५२ हजार रुपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानमा देखिएके छ ।
प्रहरीका अनुसार पक्राउहरूमा काठमाडौं–१६ बस्ने गोरखा आरूघाट–४ की २४ वर्षीया सरू परियार, काठमाडौं टोखा–३ बस्ने कञ्चनपुर बेलौरी–३ का ३२ वर्षीय जेम्स राना, काठमाडौं कीर्तिपुर–६ की ३४ वर्षीया रेखा तुलाधार, काठमाडौं–१६ बस्ने धादिङ निलकण्ठ–९ का २७ वर्षीय रवि खनाल, काठमाडौं बुढालिकण्ठ–८ बस्ने ताप्लेजुङ सिरिजङ्घा–१ का ४० वर्षीय ललित बहादुर ईवारम र ३३ वर्षीय दिपेश सुब्बा लिम्बु छन् ।
सरूले अष्ट्रेलिया पठाइदिने भनेर एक पीडितबाट २ लाख ५० हजार रूपैयाँ, जेम्सले क्रोएसिया पठाउन भन्दै अर्को पीडितबाट ३ लाख रूपैयाँ, रेखाले जापान पठाउने भनेर ४ पीडितहरूबाट १३ लाख २ हजार रूपैयाँ, रविले अमेरिका पठाउने भरोसामा एक पीडितबाट १४ लाख रूपैयाँ तथा ललित र दिपेशले अमेरिकाका काम लगाइ दिने भन्दै थप एक पीडितबाट ५३ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares