काठमाडौँ– नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि गएको नेपाल शिक्षक महासंघको टोली सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नपुगी नै फर्किएको छ । शिक्षामन्त्री पन्तले आन्दोलनरत शिक्षकहरूलाई आजै वार्ताका लागि बोलाएका थिए । सोही अनुरूप महासंघको टोली मन्त्रीसँग भेट गर्न मन्त्रालयतर्फ गएको भए पनि अनपेक्षित रूपमा बीचबाटै फर्किएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत टोली फर्कनुको जानकारी दिँदै लेखेका छन्, ‘आज मिति २०८२ साल वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’
उनले फर्किनुको स्पष्ट कारण खुलाएका छैनन् । सुवेदीले सिंहदरबार प्रवेशका लागि मन्त्रालयबाट सार्वजनिक गरिएको २५ सदस्यीय टोलीको नामावलीप्रति समेत अनभिज्ञता जनाएका छन् । उक्त नामावली महासंघले तयार नगरेको दाबी गरिएको छ । उनले मन्त्रालयले समन्वयविना सूची सार्वजनिक गरिएको संकेत गरेका छन् । पन्तले भने महासंघसँग वार्ताका लागि आफू पर्खिरहेको बताएका छन्।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares