विराटनगर– हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजनमा विराटनगरमा प्रथम कोशी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको उदेघाटन खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा अरनिको कलेजले इनरुवाको स्मल हेभेन एकाडेमीलाई ८३ रनको फराकिलो अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय २५ रनको स्कोर बनाएको थियो । अरनिकोको जितमा मोहमद आलमले ३५ रन बनाउँदा अमन यादव २६ रनमा अविजित रहे । स्मल हेभेनका समिम मन्सुरीले ३ विकेट लिए ।
१ सय २६ रनको लक्ष्य पछ्याएको स्मल हेभेनले १३ दशमलव ३ बलमा सबै विकेट गुमाई ४२ रनमा सिमित भयो । स्मल हेभेनकालागि दुवे यादवले सर्वाधिक १२ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ द म्याच अमन यादवले ४ विकेट लिए ।
दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले दमकको आस्था कलेजलाई १ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको आस्थाले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सबै विकेट गुमाई ९६ रनको स्कोर बनाएको थियो । आस्थाका भुपाल दैगालले सर्वाधिक २६ रनमा अविजित रहे । ग्रिनल्याण्डका प्लेयर अफ द म्याच गौरीशंकर माझीले ४ विकेट लिए ।
९७ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १९ दशमलव ३ बलमा १ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । ग्रिनल्याण्डको जितमा सन्दिप शर्माले सर्वाधिक २५ रनको योगदान दिए । आस्थाका सुयोग भट्टराईले ४ विकेट लिए ।
फागुन २८ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरी ६ टिम सहभागी रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडकाले बताए । सहभागी ३ जिल्लाबाट हिसान फाइनल खेलेका कलेजले प्रतियोगितामा सहभागि भएका छन् । प्रतियोगिताको हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले एम्पायर भास्कर अर्याललाई क्रिकेट बल दिएर उद्घाटन गरेका थिए ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares