विराटनगर– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक महासंघलाई पुनः वार्तामा बोलाएको छ । मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै शिक्षक महासंघलाई शनिबार बिहान साढे सात बजे वार्तामा उपस्थित हुन आह्वान गरेका छन् । यसअघि शिक्षामन्त्री रघुजी पन्तले बोलाएको वार्ता शिक्षक महासंघको असन्तुष्टिका कारण असफल भएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्याहरूको समाधान गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीज्यूबाट आह्वान भएबमोजिम मिति २०८२।१।१२ गतेका दिन नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई पत्राचार गरिएको थियो । कारणवश, आजका लागि निर्धारित भेटघाट र छलफल हुन नसकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’
शनिबारको बैठक शिक्षामन्त्रीकै उपस्थितिमा हुने बताइएको छ । सर्वोच्च अदालतबाट मिति २०८२।१।१२ मा प्राप्त आदेशको आधारमा महासंघसँग भएको छलफल र परामर्शबमोजिम मन्त्रालयले वार्तामा बोलाएको हो । विज्ञप्तिमा थप भनिएको छ, ‘माननीय मन्त्रीज्यूको उपस्थितिमा मिति २०८२।१।१३ गते बिहान ७ः३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ता र संवादको लागि महासंघका अध्यक्ष एवं अन्य पदाधिकारीहरूलाई उपस्थित हुन मन्त्रालयले हार्दिक आह्वान गर्दछ ।’
शिक्षा/प्रविधि
पृथ्वी तातिनुको नयाँ कारण पत्ता लाग्यो
मनसुनमा रातिको झरी किन बढी?
द नेप्लिज संवाददातासमाज परिवर्तनका लागि प्राध्यापकहरुको अनुसन्धानले योगदान गर्नुपर्छ : रजिस्टार कल्याणी
द नेप्लिज संवाददाताएसईईमा फेल हुनु कसको असफलता हो ?
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares