स्ववियू निर्वाचन
विराटनगर– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को आधिकारिकता विवादका कारण महेन्द्र मोरङ क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा बुधबार राती पुनः तालाबन्दी गरिएको छ । उक्त विवादले बुधबार क्याम्पसको निर्वाचन कार्यालयमा आगजनी गर्नुका साथै तालाबन्दी गरेकाे थियाे । प्रहरीले ताला फुटाएर चार जनालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकाहरुलाई बुधबार नै छोडेपछि पुनः तालाबन्दी गरेको हो ।
निर्वाचन समितिले स्वतन्त्र सूचीमा उम्मेदवारको नामवली प्रकाशन गरेकाेले प्यानल बनाएर उम्मेदवारी दिएका शेखर काेइराला समूहकाे कांग्रेस निकट नेविसंघकाे अध्यक्षका उम्मेदवार योगराज दाहाललगायतका उम्मेदवारहरु आयुश दाहाल, नेविसंघ मोरङ सचिवसमेत रहेका गुड्डु साह, केन्द्रीय सदस्य पूजा विश्वाससमेतले तालाबन्दी गरेको छ । यी चार जनालाई नै प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुले निर्वाचन समितिले अबैध मतदातासहित सार्वजनिक गरेको अपारदर्शी मतदाता नामावली सच्याउन, स्ववियू कोष दुरुपयोग गरिएकोले हिसाब सार्वजनिक, निर्वाचन समितिले स्ववियू निर्वचनमा निष्पक्षता नअपनाइ एक पक्षको पक्षपोष्ण हुने निर्णय सच्याउन, क्याम्पस प्रशासनले आर्थिक पारदर्शीता कायम नगरेकोले हिसाब सार्वजनिक गर्न माग गर्दै तालाबन्दी गरेको हो ।
निर्वाचन समितिले नेविसंघको केन्द्रीय कार्यालयको फर्जी लेटरप्याडमा लेखिएको आधिकारिकतालाई मान्यता दिँदै वास्तविक आधिकारिकता प्राप्त समूहले स्ववियू निर्वाचनमा दिएको उम्मेदवारीलाई स्वतन्त्र सूचीमा राखेको विरोधमा उनीहरु आन्दोलनमा उत्रेका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares