श्रीनगर– आतंककारी आक्रमणले भारत–पाकिस्तान सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ । जम्मू–कश्मीरको पहलगामस्थित बैसरण उपत्यकामा पर्यटकहरूलाई लक्षित गरी गरिएको आक्रमणपछि भारत सरकारले पाकिस्तानविरुद्ध कठोर कदमहरू चालेको छ ।
उक्त आक्रमणमा २५ भारतीय, एक नेपाली र दुई जना युएईका नागरिकको ज्यान गएको छ । यस घटनालाई पछिल्लो दशकको सबैभन्दा घातक आक्रमण मानिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको आपतकालीन बैठकमा पाँच प्रमुख निर्णयहरू लिइएका छन् । भारतले पाकिस्तानसँगको १९६० को सिन्धु जल सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ जसले दुई देशबीचको जल व्यवस्थापनमा गम्भीर असर पार्नेछ ।
पञ्जाबस्थित अटारी–वाघा सीमा बन्द गरिएको छ जसले दुई देशबीचको व्यापार र आवागमनमा अवरोध पु¥याउनेछ । पाकिस्तानी नागरिकहरूलाई दिइएको भिसा रद्द गरिएको छ । उनीहरूलाई ४८ घण्टाभित्र भारत छोड्न आदेश दिइएको छ । भविष्यमा कुनै पनि पाकिस्तानी नागरिकलाई भिसा नदिने निर्णय पनि गरिएको छ ।
भारतले इस्लामाबादस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ र नयाँ दिल्लीस्थित पाकिस्तानी दूतावासका कूटनीतिज्ञहरूलाई सात दिनभित्र देश छोड्न आदेश दिइएको छ । विशेष गरी जम्मू–कश्मीर क्षेत्र लगायत देशभरि सुरक्षालाई उच्च सतर्कतामा राख्ने निर्णय गरिएको छ ।
यस आक्रमणको विश्वभरि निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, बेलायतका प्रधानमन्त्री कीर स्टारमर लगायतका नेताहरूले आक्रमणको निन्दा गर्दै भारतप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् । पहलगाम आक्रमणले जम्मू–कश्मीरको पर्यटन उद्योगमा गम्भीर असर पार्ने देखिएको छ ।
आक्रमणपछि पर्यटकहरूमा त्रास फैलिएको छ । धेरैले आफ्नो यात्रा रद्द गरेका छन् । भारतले चालेका कडा कदमहरूले दुई देशबीचको कूटनीतिक, आर्थिक र सामाजिक सम्बन्धमा गम्भीर असर पार्नेछ । अन्तर्राष्ट्रिय समुदायले आक्रमणको निन्दा गर्दै भारतप्रति ऐक्यबद्धता व्यक्त गरे पनि क्षेत्रीय स्थायित्वका लागि दीर्घकालीन समाधान आवश्यक देखिन्छ ।
विश्व/प्रवास
अष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताइङ्गल्याण्डमा एक विशिष्ट भवनमा आक्रमणको योजना बनाउनेहरु पक्राउ
द नेप्लिज संवाददातालेडी गागाको इतिहासकै ठूलो निशुल्क कन्सर्ट, रियोमा २० लाख दर्शकको उपस्थिति
द नेप्लिज संवाददाताअष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares