चितवन– नेपालले पहिलोपटक कृत्रिम गर्भाधान एआई (आर्टिफिसियल इनसेमिनेसन) प्रविधिबाट मौरीको रानु उत्पादन गर्न सफल भएको छ। मौरीपालन विकास कार्यक्रम भण्डाराले चालु आर्थिक वर्षमा पाँचवटा रानु मौरी उत्पादन गर्न सफल भएको जनाएको छ।कार्यक्रमका प्रमुख सुजन अम्गाईंका अनुसार तालिम प्राप्त मौरी प्रजनन विज्ञ एलिस महर्जन र कार्यक्रमका प्राविधिकहरूको सहकार्यमा यो नौलो प्रयास सफल भएको हो।
‘आर्थिक वर्ष २०७९/८० मा हरिहर भवनस्थित व्यावसायिक किट विकास केन्द्रको समन्वयमा अस्ट्रेलिया र अमेरिकाका विज्ञहरूसँग चितवनमा मौरीको नश्ल सुधारसम्बन्धी तालिम गरिएको थियो,’ अम्गाईंले भने, ‘त्यसपछि निरन्तर अभ्यासपछि अहिले पाँचवटा रानु मौरी कृत्रिम गर्भाधानबाट उत्पादन गर्न सफल भएका छौं।’
यसअघि अघिल्लो आर्थिक वर्षमा एउटा रानु मौरी उत्पादन गरे पनि त्यसलाई जोगाउन नसकिएको कार्यक्रमले जनाएको छ। नयाँ प्रविधिबाट उत्पादित रानु मौरीले मह उत्पादनमा वृद्धि गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि उच्च हुने विश्वास गरिएको छ। यद्यपि, यसको जीवनचक्र र दीर्घकालीन असरबारे थप अध्ययन आवश्यक रहेको अम्गाईंको भनाइ छ।
उक्त प्रविधिमा बढी उत्पादन दिने र रोग प्रतिरोधी गुण भएको भाले मौरीबाट सिमेन (वीर्य) संकलन गरी प्रयोगशालामा राखिन्छ। त्यसपछि कुमारी मौरीलाई कृत्रिम रूपमा गर्भाधान गरिन्छ र ग्राफ्टिङ प्रविधिको प्रयोग गरी रानु निकालिन्छ।
नेपालमा सन् १९९४ (विस २०५१) मा एपिस मेलिफेरा जातको मौरी विदेशबाट भित्र्याइएको भए पनि त्यसयता नश्ल सुधारका लागि नयाँ मौरी ल्याइएको छैन। हाल मौरीपालन विकास कार्यक्रम भण्डाराले ¥याफ्टिङ विधिबाट वर्षेनी झन्डै १ हजार ५ सय रानु मौरी उत्पादन गरी किसानहरूलाई वितरण गर्दै आएको छ। अघिल्लो वर्ष १ हजार ५ सय ५० वटा रानु मौरी उत्पादन गरिएको थियो।
चालु आर्थिक वर्षमा पनि सोही हाराहारीमा उत्पादन गर्ने लक्ष्य राखिएको छ। हालसम्म ८ सय रानु मौरी उत्पादन भइसकेका छन् भने बाँकी साढे दुई महिनामा थप ८ सय उत्पादन गर्ने योजना रहेको छ। फागुनदेखि जेठलाई रानु उत्पादनका लागि उपयुक्त समय मानिन्छ।
कार्यक्रमले किसानहरूलाई दुई सय रुपैयाँमा रानु मौरी उपलब्ध गराउँदै आएको छ। तर माग उच्च हुँदा आपूर्ति गर्न गाह्रो भएको अम्गाईंले बताए। ‘बागमती प्रदेशमा मात्र वार्षिक ४ हजार ५ सय रानु मौरीको माग छ,’ उनले भने, ‘हाम्रो स्रोत–साधनले त्यो माग पूरा गर्न सक्दैन।’
सरकारी तथ्यांकअनुसार नेपालमा हाल दुई लाख ४५ हजार गोला मौरी रहेका छन्, जसबाट वार्षिक झन्डै चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ। व्यावसायिक मौरीपालनमा संलग्न किसानको संख्या करिब ८ हजार छ भने साना किसानसहित यो संख्यामा ५० हजारसम्मले रोजगारी पाइरहेका छन्।
शिक्षा/प्रविधि
‘आत्महत्या स्वीकार गर्न असमर्थ परिवार र विद्यालय’
द नेप्लिज संवाददाताकक्षा १२ को परीक्षा आइतबारदेखि : ५ लाख ११ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै
कोशी–मधेशसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
द नेप्लिज संवाददाताआजबाट कक्षा १२ को परीक्षा , ५ लाख बढी परीक्षार्थी सहभागी
द नेप्लिज संवाददाताकोशी, मधेशसहित पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares