काठमाडौँ – बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिन तोलामा २ हजार रुपैयाँ बढेको सुन बिहीबार एकै दिनमा ५ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँको नयाँ उच्चतम मूल्यमा पुगेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो ।
यसैगरी चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर आज १ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८ सय ३५ रुपैयाँ थियो । सुनको मूल्यमा यो अप्रत्याशित वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभावले भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूसँगको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि स्थगित गरेको घोषणा गरेपछि सुनको मूल्यमा वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा एकै दिनमा सुनको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ ।
वर्तमानमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १ सय डलर नाघेको छ । यो विकसित घटनाक्रमले नेपाली बजारमा पनि सुनको मूल्यमा तीव्र उतारचढाव ल्याएको छ । उपभोक्ताहरूका लागि ठूलो चिन्ता बनिरहेको छ ।
अर्थ/वाणिज्य
मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददातामुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares