काठमाडौँ– देशका अधिकांश पहाडी क्षेत्रमा बुधबार आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागहरूमा आंशिक बदलीको अवस्था रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने सम्भावना छ।
लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही भागमा हावाहुरी चल्ने चेतावनी समेत दिइएको छ।
बुधबार रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावनासमेत रहेको पूर्वानुमान गरिएको छ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares