विराटनगर — भारतले पाकिस्तानको भित्री भूभागमा गरेको हवाई आक्रमणमा अतिवादी संगठन जैश–ए–मोहम्मद (जेईएम) का प्रमुख मौलाना मसूद अजहरका १४ जना आफन्तको ज्यान गएकोे छ।
जेईएमले बुधबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा अजहरका जेठी बहिनी, भिनाजु, भतिजाकी श्रीमती, भतिजी र उनका पाँच छोराछोरीसहित परिवारका १० सदस्य र चार नजिकका सहयोगी मारिएका हुन्। यो जानकारी बीबीसी न्यूज उर्दू स्रोतले पुष्टि गरेको छ।
बहावलपुरमै १९६८ जुलाई १० मा जन्मिएका मसूद अजहर भारतको गृह मन्त्रालयले जारी गरेको सन् २०२४ को मोस्ट वान्टेड सूचीमा पहिलो नम्बरमा रहेका छन्। ५७ वर्षीय अजहरमाथि भारतमा भएका कैयौँ आतंकवादी घटनामा संलग्न भएको आरोप छ, जसमा २००१ को श्रीनगर राज्यसभा आक्रमण र २०१९ को पुलवामा आक्रमण प्रमुख छन्।
सन् १९९९ मा भएको कान्दहार विमान अपहरणका क्रममा भारत सरकारले मसूद अजहरलाई रिहा गरेपछि उनी पाकिस्तान फर्किएका थिए। त्यसबेलादेखि भारतीय सुरक्षा एजेन्सीहरू अजहरलाई पुनः नियन्त्रणमा लिन खोजिरहेका छन्।
भारतले लगातार पाकिस्तानसँग अजहरलाई सुम्पन माग गर्दै आएको छ। तर पाकिस्तानले उनी आफ्नो देशमा नरहेको दाबी गर्दै आएको छ।
जिहादी विचारधाराको प्रचारक
भारतले २००९ देखि संयुक्त राष्ट्रसंघलाई जैश–ए–मोहम्मदलाई आतङ्कवादी संगठन घोषणा गर्न आग्रह गर्दै आएको थियो। लामो समयसम्म चीनले विरोध गरेपनि पुलवामा आक्रमणपछि सन् २०१९ मे १ मा संयुक्त राष्ट्रसंघले जैशलाई आतङ्कवादी संगठनको सूचीमा राख्यो।
मसूद अजहरले युवाहरूलाई भारतविरुद्ध उत्तेजित पार्ने भाषणमार्फत जिहादी गतिविधिमा संलग्न गराउने काम गरेको भारतीय गृह मन्त्रालयको दाबी छ। इन्डियन एक्सप्रेसका अनुसार अजहरले कराँचीमा अध्ययनरत हुँदा नै जिहादी गतिविधिमा प्रवेश गरेका थिए।
भारतमा गिरफ्तारी र जेल जीवन
जनवरी १९९४ मा ढाकाबाट दिल्ली पुगेका अजहर केही दिन राजधानीका होटलमा बसेर देवबन्द हुँदै कश्मीर पुगेका थिए। फेब्रुअरी १० मा उनी भारतीय सुरक्षाबलको हिरासतमा परेका थिए। जेलमा रहँदा उनले भाषणमार्फत अन्य अतिवादीहरूमा प्रभाव पारेको बताइन्छ।
बीबीसीका अनुसार पाकिस्तानमा प्रतिबन्धित भए पनि जैश–ए–मोहम्मदले विभिन्न गतिविधि जारी राखेको देखिएको छ। संगठनले पाकिस्तानी गुप्तचर निकायबाट सहयोग पाएको आरोप पनि छ, यद्यपि त्यसको पुष्टि हुने प्रमाण सार्वजनिक छैन।
पाकिस्तानी पत्रकार आसिफ फारुकीका अनुसार मसूद अजहर पाकिस्तानमा सार्वजनिक रूपमा सक्रिय देखिँदैनन् र समाजमा उनको छवि पनि सकारात्मक छैन। तर भारतलाई शत्रु मान्ने केही वर्गले उनलाई समर्थन गर्दै आएको छ।
विश्व/प्रवास
तीन वर्ष लामो वार्तापछि बेलायत र भारतबीच व्यापार सम्झौता सम्पन्न
द नेप्लिज संवाददाताभारतद्वारा पाकिस्तानमाथि आक्रमण
द नेप्लिज संवाददाता'अपरेसन सिन्दूर' पछि मोदीद्वारा युरोप भ्रमण स्थगित
भारत–पाकिस्तान तनाव चरममा (बुधबार साँझ सम्मको क्रमबद्ध अपडेट)
द नेप्लिज संवाददाताअपरेसन संकल्प निर्णायक चरणमा, २२ माओवादी मारिएको दाबी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares