काठमाडौँ– लामो समयदेखि आन्दोलनरत शिक्षकहरू र सरकारबीच आज (बुधबार) फेरि वार्ता हुने भएको छ। मंगलबार राति सिंहदरबारमा भएको छलफल सकारात्मक रहेको दुवै पक्षको भनाइले आजको वार्ताबाट सहमति हुने उच्च सम्भावना देखिएको छ।
सरकारसँग वार्ता गर्नुअघि आन्दोलनरत शिक्षक पक्षले बिहान ९ बजे आन्तरिक बैठक बोलाएको छ। उक्त बैठकपछि दिउँसो २ बजे शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच संवाद हुनेछ।
महासंघका महासचिव तुलाबहादुर थापाले बुधबारको बैठक निर्णायक हुने विश्वास व्यक्त गर्दै हस्ताक्षरपछि आन्दोलनको स्वरूप परिवर्तन हुने बताएका छन्। नयाँ स्वरूपबारे निर्णय महासंघको आन्तरिक बैठकले गर्नेछ।
नेपाल शिक्षक महासंघले सरकारले प्रस्तुत गरेको प्रस्तावमा नौ बुँदे माग पेस गरेको छ। ती मागहरूमध्ये प्रमुखमा विद्यालय कर्मचारी तथा बाल विकास केन्द्र (ईसीडी) शिक्षकको तलब सुनिश्चितता, सामाजिक सुरक्षा कोषमा समावेश, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, उपचारमा छुट र तलब संरचनामा एकरूपता ल्याउने विषयहरू छन्।
शिक्षकहरूले ती माग पूरा गर्न दबाब दिँदै चैत २० देखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares