विराटनगर– २०४६ पछि धेरै खालको राजनीतिक परिवर्तन हुँदै मुलुकमा लोकतन्त्र आएको हो । व्यवस्था परिवर्तन भए पनि प्रमुख दलका नेताहरुमा पुरानै सोच र शब्दले शासन गरिरहेकै छ । नानीबाबुदेखि ‘श्री ५ को सरकार’ भन्ने बानी उनीहरुमा छँदैछ । नेताहरूले बेलाबेलामा बोली र लेखाइमा ’श्री ५ को सरकार’ भनिहाल्दा रहेछन् ।
२०७७ माघमा तत्कालीन खानेपानी मन्त्री मणि थापाले एउटा भाषणमा हत्तारोमा ’श्री ५ को सरकार’ भने पछि गाह्रोमा परिहाले । तत्कालीन नेकपाका नेतासमेत उनले सुर्खेतको एक कार्यक्रममा भनेका थिए,’सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा ...ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरूलाई लाल सलाम भन्न चाहन्छु ।’ सामाजिक सञ्जालमा खरो आलोचना भूलवश त्यस्तो हुन गएको भन्दै थापाले क्षमा मागेका थिए ।
उक्त घटनाको ४ वर्ष पछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले त्यही गल्ती दोहो¥याए । तर उनले टाइपमा त्रुटि भएकाले नेपाल स्काउटको नियमावलीमा ’श्री ५ को सरकार’ हुन गएको प्रष्टिकरण दिनु परेको छ । उनले सोमबार नेपाल स्काउटलाई पत्र लेख्दै नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संशोधन २०८१) को अनुसूची ४(क) को १ र ४(ख) को ४ मा टाइपमा भूलवश नेपाल सरकारको सट्टा ’श्री ५ को सरकार’ हुन गएको बताएका छन् ।
स्काउट राष्ट्रिय परिषद्का अध्यक्ष मन्त्री चौधरीले पठाएको पत्रमा भनिएको छ, ’...श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ भाग – १ धारा–१ मा यो संविधान नेपालको मूल कानुन हो, यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ भन्ने व्यवस्थाविपरीत रहेको पाइएकाले उक्त त्रुटि सच्चयाइ नियमावलीमा उल्लेखित श्री ५ को सरकार लेखिएको शब्दावलीको सट्टा नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ ।’
’श्री ५ को सरकार’ लेखेपछि सामाजिक सञ्जालदेखि सदनसम्म मन्त्री चौधरीको आलोचना भएको थियो । राष्ट्रिय सभामा माओवादी सांसद मायाप्रसाद शर्माले सोमबार मन्त्री चौधरीसँग यसबारे जवाफ मागेका थिए । ‘युवा तथा खेलकुदमन्त्रीज्यूको कार्य सम्पादन अनुसूची ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानुनअनुसार ल्याएको भन्ने कुरा आएको छ । यो के हो ? ०४७ सालको संविधान कार्यान्वयन हो कि ? संशोधन भइसक्यो बुझ्न चाहन्छु,’ सांसद शर्माको कटाक्ष थियो ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares