पर्यटक लक्षित आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको पुष्टि भएको छ । मारिनेमा अधिकांश भारतका विभिन्न राज्यबाट गएका पर्यटक छन् भने एक नेपाली नागरिकको पनि मृत्यु भएको प्रारम्भिक जानकारी छ । आक्रमणको जिम्मा ’कश्मीर रेजिस्टेन्स फ्रन्ट’ नामक समूहले लिएको छ, जुन पाकिस्तान समर्थित लश्कर–ए–तैयबा सँग सम्बद्ध मानिन्छ ।
नयाँदिल्ली– जम्मू–कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको दुईदिने राजकीय भ्रमण छोट्याएर बुधबार बिहान स्वदेश फिर्ती भएका छन् । फर्किए लगत्तै प्रधानमन्त्री मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार, गृह मन्त्री र प्रमुख सुरक्षा अधिकारीहरूको सहभागीता रहेको आपतकालीन सुरक्षा बैठक बोलाएका छन् ।
बैठकमा हालैको आक्रमणपछिको सुरक्षा अवस्था, गुप्तचर प्रणालीको कमजोरी र सीमा पारका आतंकवादी गतिविधिका सम्बन्धमा समग्र रणनीति पुनरावलोकन गरिएको बताइएको छ । प्रधानमन्त्री मोदीले नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र बलहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
पर्यटक लक्षित आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको पुष्टि भएको छ । मारिनेमा अधिकांश भारतका विभिन्न राज्यबाट गएका पर्यटक छन् भने एक नेपाली नागरिकको पनि मृत्यु भएको प्रारम्भिक जानकारी छ । आक्रमणको जिम्मा ’कश्मीर रेजिस्टेन्स फ्रन्ट’ नामक समूहले लिएको छ, जुन पाकिस्तान समर्थित लश्कर–ए–तैयबा सँग सम्बद्ध मानिन्छ ।
प्रधानमन्त्री मोदीले साउदी अरबको भ्रमणका क्रममा बुधबार आयोजना हुने राजकीय भोज र कारखाना भ्रमण कार्यक्रम स्थगन गर्दै स्वदश फिर्ता हुने निर्णय लिएका थिए । यो निर्णयलाई विपक्षी दलहरूले आक्रमणको संवेदनशीलता बुझेको संकेत भन्दै स्वागत गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई टेलिफोन गरेर आक्रमणमा मृत्यु भएका नागरिकप्रति समवेदना प्रकट गर्दै भारतसँग ऐक्यबद्धता जनाएका छन् । उनले आतंकवादको विरुद्धमा अमेरिका सधैं भारतको साथमा रहने पनि बताए ।
विश्लेषकहरूका अनुसार पछिल्ला महिनाहरूमा कश्मीरमा पुनः चर्किएको अशान्तिले भारतको आन्तरिक सुरक्षा रणनीति र विदेशी नीतिमा पनि प्रभाव पार्ने देखिन्छ । सरकारले सुरक्षात्मक दृष्टिले उत्तर भारतका पर्यटकीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको छ ।
विश्व/प्रवास
अष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताइङ्गल्याण्डमा एक विशिष्ट भवनमा आक्रमणको योजना बनाउनेहरु पक्राउ
द नेप्लिज संवाददातालेडी गागाको इतिहासकै ठूलो निशुल्क कन्सर्ट, रियोमा २० लाख दर्शकको उपस्थिति
द नेप्लिज संवाददाताअष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares