काठमाडौं – शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकहरू काठमाडौंको सडकमा आन्दोलनमा उत्रिएका छन् । ७ चैतदेखि १५ चैतसम्म सानोठिमी, भक्तपुरमा रिले अनशनमा रहेका शिक्षकहरू बुधबारदेखि माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजी गर्दै सडकमै आन्दोलनमा गर्न थालेका छन् ।
‘शिक्षकलाई ढाँट्न पाइँदैन’, ‘संसद् अधिवेशन चालु गर’, ‘शिक्षा ऐन जारी गर’ जस्ता नारासहित उनीहरूले अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेका छन् । नेपाल शिक्षक महासंघका अनुसार यो आन्दोलन अन्त्यको कुनै निश्चित समय छैन ।
शिक्षकहरूको प्रमुख माग भनेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो ऐनको रूप दिनु हो । यसैसँगै ऐनमा शिक्षकसँग भएका सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने पनि उनीहरूको प्रमुख माग छ ।
महासंघका अनुसार संसदको हिउँदे अधिवेशनको अन्त्यसँगै शिक्षकहरूको मागलाई अझै अन्योलमा राखिएको छ । यसअघि असोजको पहिलो साता भएको शिक्षकको पाँचदिने सडक आन्दोलनपछि सरकारसँग सात बुँदे सहमति भएको थियो । शिक्षकहरूको आन्दोलनले सरकार र संसदको ध्यान आकर्षित गर्दै छ । यस मुद्दामा चाँडै समाधानको आवश्यकता रहेको धेरैले जोड दिइरहेका छन् ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares