विराटनगर– मोरङको विराटनगर महानगर र बुढीगंगा गाउँपालिका र सुनसरीको बर्जु गाउँपालिका र दुहबी नगरपालिकाकालाई केसली खोलाको बाढीबाट मुक्त बनाउन बजेट सुनिश्चित हुन थालेको छ । संघीय सरकारले आउँदो आर्थिक वर्षका लागि समपुरक अनुदानअन्तर्गत १५ करोड रुपैयाँ विनियोजन गरेपछि प्रदेश सरकारले पनि १५ करोड बजेट थप गर्नुका साथै स्थानीय तहले पनि यसमा सहकार्य गर्ने भएका छन् ।
पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमा करिडोर निर्माणका लागि १५ करोड बजेट विनियोजनको तयारी गरिसकेको छ । बुढीखोला–केशलिया कोरिडोर निर्माणको प्रस्ताव पहिले नै अघि सारिएको थियो । कांग्रेस नेता शेखर कोइराला र पूर्वमुख्यमन्त्री कार्कीको केसली कोरिडोर निर्माण चुनावी नारा रहेको थियो । नेता कोइराला र पूर्वमुख्यमन्त्री कार्कीले निर्वाचनमा जनतासँग भोट माग्ने क्रममा गरेको प्रतिबद्धता पूरा गर्न लागेका छन् ।
पूर्वमुख्यमन्त्री कार्कीले यो बहुप्रतिक्षित परियोजनाले विराटनगरसहित चार स्थानीय तहमा केसली तथा बुढीखोलाले हरेक वर्ष हुँदै आएको डुबान र कटानको समस्या अब समाधान हुने भएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरिसकेको छ । विज्ञहरु प्रशान्त मल्ल, ज्योती श्रेष्ठ र महेन्द्र सुब्बाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदनमा करिडोरले नदी नियन्त्रणसँगै व्यवस्थित बस्ती विकास, सहरी, वन, कृषि आधुनिकीकरण र भारतसँग आवत जावतका लागि वैकल्पिक सडक निर्माण गर्ने उल्लेख छ ।
विज्ञ महेन्द्र सुब्बाले केसलीया कोरिडोरअन्तर्गत एक सय वर्षसम्मको बाढी प्रतिरोध योजना रहेको बताएका छन् । यसमा सहरका भित्री सडक, पुलपुलेसा, कल्भर्ट, सहरी वन र नयाँ बस्ती निर्माणसमेत समावेश गरिएको छ ।
कोरिडोर निर्माण विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका (मोरङ), दुहबी नगरपालिका र बर्जु गाउँपालिका (सुनसरी) को समन्वयमा संघीय, प्रदेश र स्थानीय तहको साझेदारी मोडेलमा अघि बढने भएको हो । विज्ञहरूका अनुसार केशलिया नदीमा दायाँबायाँ तटबन्ध बनाएर करिडोरको विकास गर्दा बाढी नियन्त्रणसँगै वातावरणीय लाभ पनि प्राप्त हुनेछ ।
केशलिया नदी चुरे क्षेत्रबाट सुरु भई सेरा, हुरहुरे र गछिया खोलासहित आठ वटा स्थानीय तह हुँदै भारतको जोगबनीमा गएर परमाण नदीमा परिणत हुन्छ । पहिलो चरणमा दुहबी पुलदेखि नेपाल–भारत सिमानासम्म फैलिएको यो कोरिडोरले ६४ हजार हेक्टर क्षेत्रफल बाढी, डुबान र कटानबाट सुरक्षित हुने भएको छ ।
पूर्वमुख्यमन्त्री कार्कीले विकास, सुरक्षा र समृद्धिसँग सँगै लग्न केशलिया कोरिडोर महत्वपूर्ण भएको बताएका हुन् । यदि समयमै काम अगाडि बढेर कोरिडोर निर्माण सम्पन्न भएपछि विराटनगर, बुढीगंगा, दुहबी र बर्जुको स्वरूप नै फेरिनुक साथै चार वटै पालिकाका लागि भारतसँगको वैकल्पिक मार्गको पनि विकास भएर जाने उनको भनइ छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares