२६ भदौ २०८२, शुक्रबार 12 Sep 2025, Friday

सरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा

द नेप्लिज संवाददाता
२० भदौ २०८२, शनिबार

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा अहिले मन्त्री फेरबदल नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको लागि प्रयास गरिरहेको अवस्थामा विराटनगरमा शनिबार पत्रकारहरुसँगको कुराकानीमा सभापति देउवाले मन्त्री फेरबदल नहुने बताएका हुन् । 

सभापति देउवाले संविधान संशोधनका लागि दुई तीहाई बहुमत आवश्यक भएकोले दलहरुबीच सहमति नहुञ्जेल संविधान संशोधन प्रक्रिया अघि बढ्न नसक्ने बताएका छन् । ‘संविधान संशोधनका लागि दुई तीहाई बहुमत चाहिन्छ र त्यसका लागि सबै दलसँगको सहमति चाहिन्छ तर त्यो अवस्था अहिले छैन,’ उनले भने, ‘दलहरुसँग कुरा भइरहेको छ र सहमति भएपछि संविधान संशोधन हुन पनि सक्छ । तर अहिले नै त्यो अवस्था छैन ।’

सामाजिक सञ्जाल प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतले पनि दर्ता गराउन भनेको मात्रै रहेको र बन्द नगरिएको उनको भनाइ थियो । पार्टी महाधिवेशनको विषयमा सभापति देउवाले समय आएपछि सबै कुरा हुने बताएका हुन् । 

प्रकाशित : २० भदौ २०८२, शनिबार 11:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved