काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरीको पक्राउ प्रकरणमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका छन्।प्रतिनिधिसभाको बैठकमा सोमबार बोल्दै उनले मंगलबार (वैशाख २३ ) सम्म संसद्मा सन्तोषजनक जवाफ नआए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्।
‘भोलिकै दिनमा प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यूले जवाफ दिनु भएन भने सरकार छोड्न बाध्य हुन्छौं,’उनले अल्टिमेटम दिंदै भने ।उक्त पार्टीबाट सरकारमा सहभागी अरुणकुमार चौधरी हाल पर्यटन राज्यमन्त्री छन्।
वैशाख १७ मा सर्वोच्च अदालतको मुद्दा शाखामा कार्यरत अधिकृत महिमानसिंह विष्टको पत्रका आधारमा प्रहरीले पूर्वसांसद रेशम चौधरीलाई काठमाडौँको कमलादीबाट पक्राउ गरेको थियो। तर सांसद लालवीरले उक्त पक्राउ अपहरण शैलीमा गरिएको आरोप लगाएका छन्।
पक्राउपछिको केही घण्टामै पत्र फर्जी ठहरिएपछि रेशमलाई रिहा गरिएको थियो। जनमत पार्टी र नागरिक उन्मुक्तिबीच एकता घोषणा गर्ने तयारी भइरहेको समयमा भएको उक्त घटनाले एकता प्रक्रिया नै भाँडिएको थियो।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares