काठमाडौँ– शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन सडकमै मनाएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा माइतीघर–बानेश्वर सडकखण्डमा सोमबार १३ औँ दिन पनि शिक्षकहरूको प्रदर्शन जारी रह्यो ।
नेपाल महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नयाँ वर्षको दिनलाई उत्सवभन्दा पनि संघर्षका रूपमा उपयोग गरिएको बताए । उनका अनुसार विद्यार्थी, शिक्षक–कर्मचारी र समग्र विद्यालय शिक्षाको उन्नयनका लागि आन्दोलनको विकल्प छैन ।
महासंघले चैत २० देखि चरणबद्ध सडक आन्दोलन थालेको हो । उक्त अवधिमा सरकार र महासंघबीच पटक–पटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन । सरकारले भने शिक्षकका सेवा–सुविधासम्बन्धी निर्णय मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयमार्फत अघि बढाएर शिक्षा ऐन संसद्को आगामी अधिवेशनमा पारित गरिने प्रतिबद्धता जनाउँदै आएको छ । तर महासंघले ठोस सहमति नजुट्दासम्म आन्दोलन जारी राख्ने अडान दोहोर्याउँदै आएको छ ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares