विराटनगर– आफू आबद्ध प्रमुख दलको अध्यक्ष र मिलिजुली सरकारको आलोचना गर्दा हालै धेरै नेता–कार्यकर्ता कारबाहीमा परे । तर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निर्वाचनमा उम्मेदवारलाई अस्वीकार(रिजेक्ट) गर्ने विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टी भएको छ ।
कात्तिक ५ र ६ मा पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनबाट नयाँ शक्तिले उक्त व्यवस्था विधानमै गरेको थियो । यस अनुसार माघ २७, २८ र २९ मा प्रज्ञा भवन कमलादीमा प्रथम राष्ट्रिय महाधिवेशन पछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्दा अस्वीकारको व्यवस्था यो पार्टीले मत पत्रमै राखेको हो ।
विभिन्न पदमा २१ मत अस्वीकार अर्थात् कुनै पनि उम्मेदवारलाई मत दिन्नमा परेको उक्त पार्टीले जनाएको छ । अध्यक्षका उम्मेदवार डा.बाबुराम भट्टराई र नेत्रप्रसाद चापाईंलाई मत दिन्न भन्नेमा २ मत परेको थियो ।
विधानमै भएको व्यवस्था अनुसार कुनै उम्मेदवारले पदीय आचरण वा पार्टीहीत विपरीत काम गरेमा प्रत्याह्वानको प्रयोग गर्ने अधिकार पार्टीले दिएको छ । यो पार्टीमा पहिलो पटक प्रवासी प्रतिनिधिहरूले इलेकट्रोनिक मताधिकार प्रयोग गरेका छन् ।
नयाँ शक्तिको विधान धारा ६२(१५) मा पार्टी सदस्यहरूमा उम्मेदवारहरूलाई अस्वीकार र जिम्मेवारी पुरा नगरेमा तोकिए बमोजिम सदस्यहरूले फिर्ता बोलाउने प्रत्याह्वानको अधिकार सुनिश्चित गरेको छ । दफा १६ मा अविश्वासको प्रस्ताव वा प्रत्याह्वानको अन्य व्यवस्था तोकिए बमोजिम हुने भनिएको छ ।
सर्वोच्च अदालतले २०७० साल पुस २१ मा निर्वाचनमा उम्मेदवार अस्वीकार गर्ने सम्बन्धी कानुन बनाउन सरकारलाई आदेश दिएको थियो । संविधानमा मताधिकारलाई मौलिक हकको रूपमा राखिएपछि अस्वीकार गर्नुपर्ने व्यवस्था पनि हुनुपर्ने माग गर्दै अधिवक्ताद्वय स्वागत नेपाल र भाइराजा राईले अदालतमा रिट दर्ता गरेका थिए । तर सरकार र राजनीतिक दलहरूले १२ वर्ष पुरा हुँदा समेत अदालतको आदेश कार्यान्वयन गरेका छैनन् ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares