विराटनगर– नेपाल विद्युत प्राधिकरणले चालु आव २०८१–८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ ।
सूचनाको हक सम्बन्धी ऐनमा भएको प्रावधान अनुसार सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको हो । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुस सम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रूपैयाँ हुने प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७२–७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा नाफामा रहँदै आएको छ ।
गत आर्थिक वर्ष २०८०–८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रूपैयाँ नाफा गरेको थियो । आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरूमा लगानी गरिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रूपैयाँ संकलन गरेको छ ।
यस अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरूबाट एक अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरूबाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ ।
खरिद गरिएको विद्युतका लागि ३४ अर्ब ८४ करोड रूपैयाँ रकम भुक्तानी भएको उल्लेख छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी एक अर्ब ६५ करोड रूपैयाँ भुक्तानी गरिएको छ ।
गत साउनदेखि पुससम्ममा एक अर्ब ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रूपैयाँ आम्दानी गरिएको छ । यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फबाट १३ अर्ब ३५ करोड रूपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुक्तनीतर्फ १० अर्ब ४९ करोड रूपैयाँ खर्च भएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares