इलाम– नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी योद्धा सहिद रत्नकुमार बान्तवाको ७३ औँ जन्मजयन्ती तथा ४६ औँ स्मृति दिवस बुधबार इलाममा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । २०३५ साल चैत २७ मा इलामको इभाङ (हाल माङ्सेबुङ गाउँपालिका–२) मा प्रहरीको गोली लागेर २७ वर्षको उमेरमै सहादत प्राप्त गरेका रत्नकुमारलाई ३७ वर्षपछि सरकारले सहिद घोषणा गरेको थियो ।
रत्नकुमारको स्मृतिमा इलामको सहादतस्थलमा बुधबार विविध कार्यक्रम आयोजना गरिएको छ । नेकपा (एमाले) जिल्ला सचिव रविन्द्र अधिकारीका अनुसार स्मृति दिवसमा दिनभर कार्यक्रमहरू सञ्चालन हुँदैछन् जसमा पार्टीका उच्चपदस्थ नेताहरूको उपस्थिति छ ।
इलाम बजारस्थित रत्नचोकमा स्थापना गरिएको सालिकमा एमाले केन्द्रीय सदस्य तारा गुरुङ, प्रतिनिधिसभा सदस्यहरू सुहाङ नेम्बाङ (इलाम–२) र महेश बस्नेत (इलाम–१) सहित प्रदेश तथा जिल्ला तहका नेताहरूले माल्यार्पण गरेका छन् । रत्नकुमारको स्मृतिमा सालिक, पार्क, जन्मघरमा खनिएको ३० मिटर लामो सुरुङ र समाधिस्थलको संरक्षण गरिएको छ । यस्तै इलाम नगरपालिका–१ स्थित रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट र मेची राजमार्गछेउको गेट पनि स्मारकका रूपमा स्थापित छन् ।
झापा विद्रोहबाट कम्युनिस्ट आन्दोलनमा होमिएका रत्न तीक्ष्ण विचारक मात्र नभइ प्रतिभाशाली लेखक समेत थिए । साहित्यकार रनबहादुर कार्कीका अनुसार उनी दुई हातले एकैपटक दुई भाषामा लेख्न सक्ने अद्वितीय क्षमता राख्थे । हत्या हुन तीन महिना अगाडि मात्रै उनी नेकपा (माले) को केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
ताप्लेजुङ यात्राको क्रममा सुशीला श्रेष्ठ र कल्पना (निरमाया राई) सहितको टोली लिएर इभाङ पुगेका रत्न, प्रहरी घेराबन्दीमा परेका थिए । प्रहरीबाट उम्कन खोज्दा सुशीलाले प्रतिकार गरिन् तर गोली लागेर रत्न ढले । सुशीला भने ज्यान जोगाउन सफल भइन् ।
२००८ साल चैत २७ मा गर्जमान राई र पुष्पमाया राईको कोखबाट जन्मिएका रत्न छ दाजुभाइ र छ दिदीबहिनीमध्ये चौथो सन्तान थिए । २०३२ देखि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा ज्यालादारी पढाउँदै कम्युनिस्ट राजनीतिमा सक्रिय भएका उनको त्यसैक्रममा हत्या भएको थियो । चैत २७ मा जन्मिएका उनको २७ वर्षको उमेरमा चैत २७ मा सहादत भएको थियो ।
रत्नकुमारका भतिजा तथा एमाले नेता अगमप्रसाद बान्तवाले रत्नको योगदान अतुलनीय रहेको बताउँदै, ‘रत्नको सपना पूरा गर्न सम्पूर्ण कम्युनिस्टहरू एकजुट हुन जरुरी छ,’ भनेका छन् । इलामको राजनीतिक इतिहासमा गहिरो छाप छोडेका सहिद रत्नकुमार बान्तवाको सम्झनामा आयोजित कार्यक्रमले उनको विचार र योगदानलाई अझ गहिरो बनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares