विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले धारासायी बन्दै गएको अर्थतन्त्रलाई बलियो बनाउन सरकारले व्यवसाय क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष राउतले बदलिँदो प्रतिस्पर्धी बजारमा सरकारी वेवास्ताले व्यवसायी पलायन हुने क्रम बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् । ‘मुलुकको अर्थतन्त्र बलिाये बनाउन सरकारले व्यवसायीलाई पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउनु अपरिहार्य भएको छ,’ उनले भने, ‘कोभिडपछि समग्र देशको अर्थतन्त्र खस्किएको र त्यसमाथि व्यवसायीहरु पलायनको अवस्थामा पुगेकाले उनीहरुलाई राज्यले संरक्षण गर्नुपर्ने र व्यवसायीहरू पनि कानुनको दायरामा रहेर समयमै कर चुक्ता गर्दै राज्यको सेवा सुविधा उपभोग गर्न सक्नु पर्छ ।’
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा व्यवसायी गणेश मादेनलाई नगद ११ हजार, सम्मान पत्र हस्तान्तरण गर्दै अध्यक्ष राउतले दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा सम्मानित मादेनले प्राप्त गरेको पुरस्कार राशी बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायिक राहत कोषमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा अध्यक्ष न्यौपानेले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २३ वटा भावी योजनाहरू प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, नरेन्द्र खड्का, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, महिला सूरक्षा दवाव समूहकी अध्यक्ष शारदा ढकाल रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अर्थ/वाणिज्य
मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददातामुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares