विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुलुकमा रोजगारी सिर्जनाका लागि युवा वर्गलाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक रहेको बताएका छन् ।
नेपाल कृषि बजार विकास कार्यक्रम सहजको प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले शुक्रबार विराटनगरमा आयोजना गरेको स्टार्टअप र नवप्रवर्तनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा अध्यक्ष राउतले यस्तो बताएका हुन् ।
‘कोशी प्रदेशलगायत मुलुकभरि लगानी वृद्धि, स्थानीय समस्याहरुको समाधानका साथै रोजगारी सिर्जनाका साथै आत्मनिर्भर प्रदेश र देश बनाउन युवा वर्गलाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक रहेको छ,’ उनले भने, ‘युवापुस्ताले आर्जन गरेको नयाँ सीप, उत्साह र प्रविधिको प्रयोग गर्ने क्षमता विस्तार गरी डिजिटल उद्यमशिलताको विकास गर्ने ठुलो सम्भावना रहेकोले त्यसैको माध्यमबाट मुलुकमा नवप्रवर्तनको विकास गर्न सकिन्छ ।’
युवा पुस्तालाई उद्यमशीलता र नवप्रवर्तनसँग् जोड्न सके मात्रै प्रदेश र देशको अर्थतन्त्रलाई परम्परागत सीमाबाट बाहिर निकालेर विविधीकरण गर्न सकिने अध्यक्ष राउतको भनाइ थियो । उनले स्थानीय समस्याको समाधान स्थानीय सोचबाट हुनसक्ने सम्भावनालाई सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताएका थिए ।
‘स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने वातावरण तयार गर्न सकिए कोशी प्रदेशका साथै समग्र देशको तीव्र गतिमा प्रगतिको मार्गमा अघि बढाउन सकिन्छ,’ अध्यक्ष राउतले भने, ‘यी यस्ता छलफलले स्थानीय सरकार र निजी क्षेत्र बीचको आपसी सहकार्य समेत बलियो बन्नेमा महासंघ विश्वस्त रहेको छ ।’
अभिमुखीकरण कार्यक्रममा मोरङ र सुनसरी जिल्लाका जिल्ला तथा नगर उद्योग बाणिज्य संघका अध्यक्ष, प्रतिनिधि तथा स्थानीय तहका अधिकृतहरू सहभागिता रहेको थियो । कार्यक्रममा उद्यमशिलताको अवधारणा, उद्यमशिलताको विकास, सफल उद्यमशिलता निर्माण गर्ने, उद्योग व्यवसाय क्षेत्रमा नवप्रवर्तनलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको थियो ।
महासंघले यस्तै अन्तरक्रिया मेची औधोगिक करिडोरका स्थानीय तह र उद्योग बाणिज्य संघहरूसँगको समन्वयमा मंगलबार र बुधबार झापाको विर्तामोडमा समेत सम्पन्न गरेको छ । स्टार्टअप तथा नवप्रवर्तनसम्बन्धी विज्ञ निरज खनाल र अनिल पराजुलीले कार्यक्रममा सहजीकरण गरेको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिएका छन् ।
अर्थ/वाणिज्य
सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares