विराटनगर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडा, मेक्सिको र चीनको उत्पादनमा आजदेखि कर लगाएका छन् ।
यी तीनवटै मुलुकहरू अमेरिकाका ठूला व्यापार साझेदार हुन् । मंगलबारदेखि उनीहरूका उत्पादनमा अमेरिकामा पहिलेभन्दा बढी आयात शुल्क लगाइएको छ ।
मेक्सिको र क्यानडाबाट आयातित सामानमा २५ प्रतिशत भन्सार (आयात शुल्क) र चीनमा थप १० प्रतिशत कर लगाइने छ । ट्रम्पले सोमबार ह्वाइट हाउसमा शुल्क निर्धारणको लागि सबै तयारी पूरा भएकाले मंगलबारदेखि लागु हुने बताएका थिए ।
चीनले अमेरिकाको यो कदमको विरोध गर्दै बढेको कर तत्काल फिर्ता लिन माग गरेको छ ।bचीनको वाणिज्य मन्त्रालयले मंगलबार अमेरिकाले घातक औषधि फेन्टानिलमाथिको आफ्नो घरेलु समस्यालाई शुल्क लगाउने बहानाको रूपमा प्रयोग गरिरहेको आरोप लगाएको छ ।कर लगाउने खबरले अमेरिकी सेयर बजारमा द्रुत गिरावट आएको छ ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares