११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

बलराम पोखरेलको आत्मवृत्तान्त जीवनी लोकार्पण

द नेप्लिज संवाददाता
१३ वैशाख २०८२, शनिबार

विराटनगर– वरिष्ठ साहित्यकार बलराम पोखरेलद्वारा लिखित आत्मवृत्तान्त जीवन लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाज कोशी प्रदेशले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा आत्मवृत्तान्त जीवन लोकार्पण गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा.डा. खगेन्द्र आचार्य, साहित्यकारहरु कविराज न्यौपाने, नारायणप्रसाद आचार्य, हरि कट्टेल, आयोजक संस्थाका प्रदेश संयोजक कृष्णप्रसाद भण्डारी मार्सेली, मेदिनीप्रसाद शर्मा नेपाल, चिकित्सक डा. हेमसागर रिमाल, शिक्षासेवी लेखनाथ घिमिरे, जीवन काफ्लेलगायतले संयुक्त रुपमा पु्स्तकको विमोचन गरे । 

पुस्तकमाथि समालोचक प्राडा हरिहर भण्डारीले समीक्षा गरेका थिए । सो अवसरमा प्रमुख अतिथि आचार्यसहित अन्य अतिथि, लेखक बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष मार्सेली, उपाध्यक्ष बाबुराम पोखरेल, कवि लक्ष्मी पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पुस्तकमा वरिष्ठ साहित्यकार पोखरेलले आफ्नो जीवनमा भोगेका विभिन्न घटनाक्रमलाई समेटेका छन् ।

प्रकाशित : १३ वैशाख २०८२, शनिबार 19:19

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved