विराटनगर– नेपाल–भारत मैत्री युवा संघले विराटनगरमा आयोजना गरेको ‘नेपालको विकासमा भारतीय लगानीको भूमिका’ विषयक अन्तरक्रियागोष्ठीमा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष शुशिला पाठकसहित चार जना सम्मानित भएका छन् ।
गायन क्षेत्रमा उत्कृष्ट योगदन पुर्याएका गायक रमा मण्डल, स्वास्थ्य क्षेत्रका डा. सफिउर रहमान, समाजसेवी कृष्णा साह सम्मानित भएका हुन् । उनीहरुलाई भारतीय सांसद प्रदिपकुमार सिंहले दोसल्ला ओढाई फूलमाला लगाएर र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडले कदरपत्र प्रदान गरी सम्मानित गरेका छन् ।
मण्डल नेपाली तथा मैथिली भाषामा कालजयी गीत गाएर मैथिली र नेपाली गायन क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका हुन् भने पत्रकार पाठकले पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउँदै नेपाल पत्रकार महासंघ मोरङको पहिलो महलिा अध्यक्ष भएर पत्रकारित क्षेत्रको विकासका लागि उल्लेखनीय योगदान पुर्यएकाले सम्मान गरिएको नेपाल–भारत मैत्री युवा संघ मोरङका अध्यक्ष मो. नसरुलले बताएका छन् ।
यस्तै, विराटनगरमा पारस अस्पताल सञ्चालन गर्नुका साथै विभिन्न स्वास्थ्य संस्थामा काम गर्दै बिरामीको उपचारमा सेवाभावले इमानदारिता पूर्वक योगदान पुर्याउँदै आएको र हलुवाई सेवा समाजका केन्द्रीय अध्यक्ष कृष्णा साहले समाज सेवाको क्षेत्रमा निरन्तर योगदान गर्दै आएकोले सम्मानित गरिएको उनले बताएका हुन् ।
साहित्य/कला
आरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव सुरु
द नेप्लिज संवाददाताआरोहण गुरुकुलको विराट वाङ्मय उत्सव सम्पन्न
द नेप्लिज संवाददातापत्रकार निरौलासहित पाँच जना पुरस्कृत
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार जना पत्रकार पुरस्कृत
द नेप्लिज संवाददाताधनपालथानको शैक्षिक र धार्मिक संस्थाहरुको अध्ययन पुस्तक सार्वजनिक
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares