विराटनगर– श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । भगवान श्रीकृष्णको जन्मदिनको अवसरमा मनाइने यस पर्वको अवसरमा आज देशभरका कृष्ण मन्दिरमा व्रतालु–भक्तजनहरुको पूजा–अर्चना गर्न घुइँचो लागेको छ ।
श्रीकृष्ण जन्माष्टकीको अवसमा आजको दिन कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–अर्चना, प्रवचन, रासलिला, भजनकीर्तन गर्नुका साथै विशेषगरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने परम्परा रहेको छ । विराटनगरको राधाकृष्ण मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा ग्रामिण क्षेत्रमा मुर्ति बनाएर धुमधामका साथ पूजा गर्ने र दुई दिन मेला भर्ने परम्परा रहेको छ ।
विराटनगरमा श्रीकृष्ण जन्माष्टमीका दिन पूजा–अर्चना गरेर श्रीकृष्ण जन्माष्टमी मनाएको भोली पल्ट राधा र कृष्णको रथयात्रा निकाल्ने तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । ५ लाख बढी भक्तजन सहभागी हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष कैलास रेग्मीले बताएका छन् । रथयात्रामा सहभागी हुनका लागि नेपालका बिभिन्न जिल्ला र भारतको विहारबाट भक्तजनहरु आउने गरेका छन् ।
रथयात्राका लागि यस वर्ष विराटनगर महानगरपालिकाको ४४ लाख ७८ हजारको लागतमा फलाम, सखुवा र सिसौंको काठ प्रयोग गरेर नयाँ रथ तयार पारिएको छ । यसअघिको सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथलाई सुनौलो रंग र पैगोडा शैलीमा नै आकार परिवर्तन गरिएको छ । नयाँ रथ पूरानो भन्दा केही लामो, चौडाई, व्यवस्थित र आकर्षक रहेको छ । नयाँ रथ २१ फिट ३ इञ्च अग्लो, लम्बाई र चौडाई एक–एक फिट बढाइएको, भगवानको आशन आकर्षक र भित्रि भागलाई फराकिलो बनाइएको, ब्रेक हाइड्रोलिक, आकर्षक बिजुली बत्ती, ८ वटा सिसि क्यामेरा जडित ७ टनको रहेको अध्यक्ष रेग्मीले बताएका हुन् । रथको अग्र भागको दायाँ र बायाँ गरि दुबैपट्टी ७५ फिट लामो रथ तान्ने लठा निर्माण गरिएको अध्यक्ष रेग्मीले बताए । रथको दायाँ लठा पुरुष र बायाँ महिला भक्तजनले तान्ने परम्परा छ ।
नव निर्मित रथको महानगर प्रमुख नागेश कोइरालाले पूजापाठ गरेर उद्घाटन गरेका छन् । उनले नयाँ रथको पूजापाठपछि रथयात्रामा सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई सहभागी हुन आह्वान गरेका हुन् । उनले रथयात्रालाई सभ्य, भव्य र व्यवस्थित बनाउन सम्पूर्ण महानगरवासी तथा मोरङवासीलाई आह्वान गरेका छन् । राधाकृष्ण रथयात्राको पहिलो पल्ट गीत विमोचन गरिएको छ । राधाकृष्ण मन्दिर समिति र मैथिली अनलाइनको सहकार्यमा नविन कर्णको शब्द, प्रबलदिप विश्वास र सुनिता कटुबालको स्वर र सुरज श्रेष्ठको संगीत रहेको उक्त गितको महानगर प्रमुख कोइरालाले विमोचन गरेका हुन् ।
रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पूनः मन्दिर परिसरसम्म ७ किलोमिटर दुरी ४ घण्टा ३० मिनेटमा तय गरी आइपुग्ने उनले बताए । ‘भक्तजनहरुको लागि रथयात्राको दर्शन र पूजा गर्न ठाउँ ठाउम्मा बिश्राम दिने व्यवस्था छ,’ उनले भने, ‘रथयात्रामा नेपाल र भारतका गरी ५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गर्ने लक्ष्य छ ।’
रथको मध्य भागमा राधाकृष्णको प्रतिमा राखेर ९ जना पंडितको समूह र प्राविधिक टोली रथमा रहने रेग्मीले बताए । रथको अगाडी बिभिन्न जातजाति, सम्प्रदाय, धर्म संस्कृति झल्किने झाँकी, भजन मण्डलीहरु र प्रदेश प्रहरीको बैण्ड रहने आयोजकले जनायो । रथयात्रा मार्गमा बिभिन्न लोक नृत्य प्रदर्शन गर्नेसमेत व्यवस्था गरिएको छ । रथयात्रा व्यवस्थित बनाउनका लागि उपसमिति गठन गरेर तयारी गरिएको छ । रथ यात्राका लागि महानगरले सडकको सरसफाईका साथै खाल्डाखुल्डी पूरेर व्यवस्थित बनाएको महानगर प्रमुख नागेश कोइरालाले बताएका छन् ।
१९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट शुरु भएर २०२५ सालमा रथको निर्माण गरी कृष्णजन्माष्टमीको भोली पल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा छ । मन्दिर निर्माणका लागि सज्जन पौडेल, सोमराज मुखिया पौडेल र कृष्णप्रसाद पौडेलले प्रदान गरेको जग्गामा १९८८ सालमा पण्डित इन्द्रलाल भट्टले मन्दिर स्थापना गरी खट यात्रा शुरु गरेका थिए ।
रथयात्रामा कडा सुरक्षा वयवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ, महानगर प्रहरी र स्वयंसेवक परिचालन गरिने आयोजक समितिले जनाएको छ । रथयात्रा अबधीभर कुनै किसिमको अबाञ्छित गतिविधि हुन नदिनका लागि ड्रोन क्यामेराले समेत निगरानी गरिने बताइएको छ ।
साहित्य/कला
पत्रकार निरौलासहित पाँच जना पुरस्कृत
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार जना पत्रकार पुरस्कृत
द नेप्लिज संवाददातानेपाल–भारत मैत्री युवा संघद्वारा पत्रकार पाठकसहित चार जना सम्मानित
द नेप्लिज संवाददाताधनपालथानको शैक्षिक र धार्मिक संस्थाहरुको अध्ययन पुस्तक सार्वजनिक
द नेप्लिज संवाददाताकोशी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares