विराटनगर– विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ फाल्गुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरस्थित सिहद रंगशालामा आयोजना गर्ने भएको छ । विराट गोल्डकप फुटवल प्रतियोगिता आयोजक समितिले १० दिनसम्म हुने प्रतियोगिताका लागि १० वटा फुटवल टिमको छनोट गरेको हो ।
प्रतियोगितामा भारतीय टिम साउथर्न समिति फुटवल क्लव र सुदेभा दिल्ली फुटवल क्लवका साथै नेपालका विभागी टिमहरु थ्रि स्टार फुटवल क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी फुटवल क्लव, मच्छिन्द्र फुटवल क्लव, एन आरटी क्लव, नेपाल एपीएफ फुटवल क्लव, चर्च ब्वाइज फुटवल क्लव र रिजालको मोरङ एफसी सहभागी हुने छन् ।
आयोजक समितिका संयोजक उद्योगी नविन रिजालले सोमबार पत्रकार सम्मेलन गरी १ करोड ३५ लाखको लागतमा आयोजना भइरहेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिताको विजेताले ११ लाख नगद र शिल्ड, उपविजेताले ५ लाख र कप प्राप्त गर्ने बताएका छन् । उनले सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार, उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार र दैनिक हुने खेलका उत्कृष्ट खेलाडीलाई ११ हजार पुरस्कार प्रदान गरिने जानकारी दिए ।
पाँच हजार दर्शक क्षमता रहेको सहिद रंगशालामा रात्रिकालीन यो प्रतियोगिता हेर्न आउने दर्शकहरुमध्येबाट प्रत्येक दिन ५/५ जनालाई ‘फेस अफ द विराट गोल्डकप’ चयन गरेर ताज पहिरियाउनुका साथै राष्ट्रिय कलाकारहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम गरी प्रतियोगिताको उद्घाटन खेलको सुरु हुने संयोजक रिजालले बताए । उनले प्रत्येक दिन खेल हेर्ने दर्शकले दुई सयको टिकट लिनुपर्ने तर यो सिजनभरि १० दिनका लागि एकैपटक टिकट लिनेलाई एक हजार सात सय ५० रुपैयाँ मात्रै लाग्ने जानकारी गराए ।
विराट गोल्डकप फुटवल प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास वोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटवल संघ र मोरङ उद्योग व्यापार संघ रहेको रिजालको भनाइ थियो । पत्रकार सम्मेलनपछि स्थानीय उद्योगी व्यवसायी, पत्रकार, कर्मचारी र सुरक्षाकर्मी टिमबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको थियो ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares