२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

एपीका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक

द नेप्लिज संवाददाता
३० माघ २०८१, बुधबार

 

एपीमाथिको कारबाहीलाई लिएर ह्वाइट हाउसको पत्रकार संघले पनि आपत्ति जनाएको छ । संघका अध्यक्ष युजिन ड्यानियल्सले ट्रम्प प्रशासनलाई तुरुन्तै यो कदम सच्याउन आग्रह गरेका छन् ।

विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अन्तर्राष्ट्रिय समाचार संस्था एशोसियटेड प्रेस (एपी) का प्रतिनिधिहरूलाई  ह्वाइट हाउस प्रवेशमा रोक लगाएका छन् । उनले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रममा एपीका सञ्चारकर्मीलाई प्रवेश रोक लगाइएको हो ।

ट्रम्पको कार्यकारी आदेश बमोजिम ’गल्फ अफ मेक्सिको’लाई ’गल्फ अफ अमेरिका’ नलेख्ने भनेकै कारण ह्वाइट हाउसको समाचार संकलन कक्षमा प्रवेश गर्न आफूहरूमाथि रोक लगाइएको एपीले सम्पादकीय लेखेर अवगत गराएको छ । एपीले आफ्नो खबरमा ‘गल्फ अफ मेक्सिको’ लाई ’गल्फ अफ मेक्सिको’ नै लेख्ने भनेको थियो ।

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि ’गल्फ अफ मेक्सिको’ लाई ’गल्फ अफ अमेरिका’ नामाकरण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।  यो आदेशअनुसार गुगलले पनि नाम परिवर्तन गरी ’गल्फ अफ अमेरिका’ राखेको थियो । यद्यपि उसले उक्त नाम अमेरिका भित्रबाट हेर्दा मात्रै देखिने बनाएको थियो । अन्य मुलुकबाट दुवै नाम देखिइने बनाइएको गुगलले प्रष्टयाएको थियो । 

सरकारको खर्च कटौतीका लागि संघीय एजेन्सीहरूलाई इलोन मस्कसँग मिलेर काम गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका थिए । यसको समाचार संकलनका लागि पुगेका एपीका पत्रकाहरूलाई प्रवेश रोक लगाइएको थियो । एपीले यसलाई स्वतन्त्र पत्रकारितामाथिको प्रहार भनेको छ ।

’गल्फ अफ मेक्सिकोलाई गल्फ अफ अमेरिका नलेखेसम्म ह्वाइट हाउसमा प्रवेश नदिइने भन्ने सन्देश प्राप्त भएको छ,’ एपीले सम्पादकीयमा भनेको छ । स्वतन्त्र पत्रकारितामाथि डण्डा चलाउने ट्रम्प प्रशासनको यस कदमले स्वतन्त्र समाचार नागरिकसम्म पु¥याउन बाधा गरेको एपीको सम्पादकीयमा भनिएको छ ।

एपीमाथिको कारबाहीलाई ह्वाइट हाउसको पत्रकार संघले पनि आपत्ति जनाएको छ । संघका अध्यक्ष युजिन ड्यानियल्सले ट्रम्प प्रशासनलाई तुरुन्तै यो कदम सच्याउन आग्रह गरेका छन् । ’ह्वाइट हाउसले समाचार संस्थाहरुलाई न कसरी रिपोर्टिङ गर्ने भनेर निर्देशन दिन सक्छ, न त पत्रकारहरूलाई दण्डित गर्न । खुला आधिकारिक कार्यक्रमबाट एसोसिएटेड प्रेसका रिपोर्टरलाई प्रतिबन्ध लगाउने प्रशासनको कदम अस्वीकार्य छ,’ युजिनले भने ।

प्रकाशित : ३० माघ २०८१, बुधबार 12:34

थप समाचार

समाचार

पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार

द नेप्लिज संवाददाता

सरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा

द नेप्लिज संवाददाता

जेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै

द नेप्लिज संवाददाता

भाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन

द नेप्लिज संवाददाता

महासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग

द नेप्लिज संवाददाता

विश्व/प्रवास

साहित्य/कला

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved