विराटनगर— नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ। शुक्रबार बिहान करिब ९ बजे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको हो।
अस्पतालका मेडिकल डाइरेक्टर डा. सुदन ढकालका अनुसार आलमलाई तत्काल आईसीयूमा राखेर उपचार थालिएको छ।
इँट्टाभट्टामा जीवित मान्छे जलाएको आरोपमा जन्मकैद सजाय भोगिरहेका आलमलाई केही दिनअघि मात्र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सफाइ दिएको थियो।
उक्त फैसलापछि उनी ललितपुरस्थित नख्खु कारागारबाट बुधबार साँझ रिहा भएका थिए।
रौतहटमा २०६४ सालमा भएको बम विस्फोटमा संलग्न रहेको अभियोगमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर उक्त आदेश उल्ट्याउँदै उच्च अदालत जनकपुरले आलमलाई निर्दोष ठहर गरेको हो।
पारिवारिक स्रोतका अनुसार आलमको स्वास्थ्य अवस्था चिन्ताजनक नभएको र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।
#अफताब# आलम# मस्तिष्कघात
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares