विराटनगर–पूर्वाञ्चल विश्वविद्यालयले नेपालमा पहिलो पटक ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु गर्न लागेको छ । यो विषयको पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको चिकित्साशास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेलले जानकारी दिएका छन् ।
एम. एससी बायोस्ट्याटिस्टिक्स विषयको पढाइ शुरु गर्न विश्वविद्यालयको चिकित्सा शास्त्र संकायले बुधवार विराटनगरमा पाठ्यक्रम मस्यौदामाथि विज्ञहरुसँग छलफल गरेको छ । छलफलमा विश्वविद्यालयकी रजिस्टार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाको अध्ययन गरेर पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताएकी हुन् । विश्वस्तरीय पाठ्यक्रम निर्माणमा जोड दिँदै रजिष्ट्रार त्रिपाठीले छलफलमा उपस्थित विज्ञहरुलाई आ–आफ्ना सम्पूर्ण ज्ञान र क्षमताले पठ्यक्रमलाई उत्कृष्ट र उपयोगी बनाउनका लागि सुझाव दिन आग्रह गरिन् ।
डीन पोखरेलले विश्वविद्यालयको आवश्यकता र श्रम बजारको अध्ययन गरेर पाठ्यक्रमको अन्तिम रुप दिने तयारी गरेको जानकारी दिएका छन् । । स्वदेशी र विदेशी विश्वविद्यालयका विज्ञहरुका साथै विद्यार्थी र सरोकारवालाहरुसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिम रुप दिने तयारी गरेको उनले बताएका हुन् ।
एम. एससी बायोस्ट्याटिस्टिक्स विषयको पाठ्यक्रम मस्यौदामाथिको छलफलमा उपप्राध्यापक नविन लामिछाने, सहप्राध्यापक धरणीधर बराल, स्कूल अफ हेल्थ साइन्सेजकी निर्देशक दिप्ती सुब्बा, सह–डीन डा. श्याम कुमार मल्लिकले प्रस्तुती दिएका थिए । पाठ्यक्रममा सान डियगो स्टेट विश्वविद्यालयका प्राध्यापक डा. नविन वैद्य, ओहायो विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर डा. प्रमेश सुवेदी, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका निवर्तमान अध्यक्ष प्रा. डा. गेहनाथ बराल, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य डा. लिलि राजवंशी, काठमाण्डौं विश्वविद्यायका जनस्वास्थ्य विभाग प्रमुख प्रा.डा. अर्चना श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रीय विभागका प्रमुख प्रा. डा. आमोद पौड्याल, वी. पीं कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झाले पाठ्यक्रमका विषयमा टिप्पणी गर्नुका साथै महत्वपूर्ण सुझावहरु दिएका थिए ।
विषय समितिको तर्फबाट डा. कादिर आलम, प्रा. डा. अनुप घिमिरे, कमला पराजुली, प्रा. डा. मेदनी प्रसाद शर्मा, प्रा. डा. मिनराज ढकाल, डा. कोमल प्रसाद दुलाल, डा. उत्तम कुमार रेग्मी, विश्वविद्यालय अनुदान आयोगका सदस्य प्रा.डा. शिव कुमार राई, त्रिभुवन विश्वविद्यालय नर्सिङ क्याम्पस प्रमुख मेनुका भण्डारी लगायतले प्रस्तावित एम. एससी बायोस्टाटिक्टिक्सको पाठ्यक्रम मस्यौदामाथि टिप्पणी गरेका थिए ।
प्रस्तावित एम. एससी. बायोस्ट्याटिस्टिक्स विषयमा नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज र मनमोहन प्राविधिक विश्वविद्यालयका प्राध्यापकहरुले समेत टिप्पणी गर्दै सुझाव दिएका थिए । कार्यक्रममा प्राप्त भएका सुझावहरुलाई समेटेर अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम तयार गरी एम. एससी. बायोस्ट्याटिस्टिक्स विषयको पठन पाठन सुरु गर्ने डीन पोखरेलले जानकारी दिए ।
बी.एससी. इन स्ट्याटिस्टिक्स, गणित, पब्लिक हेल्थलगायतका विषयमा स्नातक तह उतिर्ण गरेका विद्यार्थीले स्नात्कोत्तर तहको यो विषय अध्ययनका लागि भर्ना हुन पाउने छन् । यो विषय अध्ययनपछि उतिर्ण भएका विद्यार्थीहरुले अनुसन्धान संस्था, अस्पताल, औषधी कम्पनी, डब्ल्यूएचओ, यूनिसेफ, स्वास्थ्य विभाग, विभिन्न विश्वविद्यालय, गैर सरकारी संघ संस्थामा जागिर पाउने छन् ।
शिक्षा/प्रविधि
प्राध्यापकलाई अनुसन्धान कार्यमा प्रेरित गर्दै पूर्वाञ्चल विश्वविद्यालय
द नेप्लिज संवाददातापृथ्वी तातिनुको नयाँ कारण पत्ता लाग्यो
मनसुनमा रातिको झरी किन बढी?
द नेप्लिज संवाददातासमाज परिवर्तनका लागि प्राध्यापकहरुको अनुसन्धानले योगदान गर्नुपर्छ : रजिस्टार कल्याणी
द नेप्लिज संवाददाताएसईईमा फेल हुनु कसको असफलता हो ?
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares