विराटनगर– नागरिकताका लागि अनलाइन सिफारिस मोरङमा आइतबारबाट सुरु भएको छ । विराटनगर महागनरपालिकाको वडा नम्बर ९ को कार्यालयमा महानगर प्रमुख नागेश कोइराला र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनलाइन नागरिकता सिफारिस सेवा शुभारम्भ गरेका छन् ।
महानगर प्रमुख कोइरालाले अनलाइन नागरिकता सिफारिस वडाबाट सुरु भएको हुँदा सेवाग्राहीलाई सहज सेवा प्रवाह हुने बताएका हुन् । उनले यसले सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमा घण्टौं लाइनमा बस्नु पर्ने झन्झट समाप्त भएको बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी यादवले अनलाइन नागरिकता सिफारिस वडाबाट भएर आएपछि सेवाग्राहीको सनाखत गरेर तत्काल नागरिकता प्रमाण पत्र प्रदान गर्ने सहज भएको बताएका छन् । उनले यो प्रविधिको प्रयोगले समयको बचतका साथै सहज सेवा पाउनुका साथै आवश्यक परेको बेला तत्काल अभिलेख पनि पाउन सह भएको बताए ।
अन्य जिल्लाहरुमा यस अगाडि नै सुरु भइसकेको गृहमन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मोरङमा आजबाट सुरु भएको हो । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवाप्रवाहमा छरितो, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोक्न गृह् प्रशासनले सीसीआईएमएसलाई अगाडि बढाएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यहाँका १७ स्थानीय तहका १ सय ५९ वडामा एक साथ यो सेवा आइतबारबाट सुरु हुने बताएका छन् । यो सेवाले नागरिकता छिटोछरितो प्राप्त गर्नुका साथै आवश्यक परेका बेला तत्काल रेकर्ड फेला पर्न सहज हुने प्रजिअ यादवको भनाइ छ ।
यस प्रणालीमा प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा हुन्छ । नागरिकताका लागि आवश्यक विवरण र कागजात वडा कार्यालयले यस प्रणालीमा प्रविष्ट गरी पूर्ण विवरणसहित अनुसूचीको प्रिण्टमा वडाध्यक्षले हस्ताक्षर गरेर सेवाग्राहीलाई दिन्छ । उक्त अनुसूची लिएर जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेपछि तत्काल सेवाग्राहीले नागरिकता पाउँछन् ।
नेपाल सरकारले चालू आर्थिक वर्षबाट देशभरिका वडा कार्यालयमार्फत केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सेवा सुरु गर्ने कार्यक्रम ल्याएको छ । यसअघि चितवन, स्याङजा, कैलाली, डडेल्धुरा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीलगायतका जिल्लामा यो सेवा लागु भइसकेको छ ।
समाचार
गृहमन्त्रीको निर्णयमा ७ डीआईजीको सरुवा, ६ प्रदेशमा नयाँ प्रहरी प्रमुख नियुक्त
द नेप्लिज संवाददातासरकारबाट बाहिरिने सांसद लालवीर चौधरीको चेतावनी
द नेप्लिज संवाददातासरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातास्थानीय सरकार
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares