विराटनगर- विराटनगर-७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको स्कुटर ट्रकमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार विराटनगर–७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको एक ट्रकमा यही फागुन ११ को राति साढे नौ बजेतिर स्कुटर ठोक्किएको थियो ।
होटखोलाबाट शनिहाटतर्फ आइरहेको स्कुटर ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा वडा सदस्य लामिछाने र पछाडि बसेका विराटनगर–७ का ५० वर्षीय किरण तिवारी घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो ।उपचाररतमध्ये तिवारीको आज (आइतबार) बिहान मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान साढे छ बजेतिर तिवारीलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
स्कुटर चालक लामिछानेको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । परीक्षणका क्रममा मादक पदार्थ सेवन गरेर उनले स्कुटर चलाएको ट्राफिक प्रहरीले भनेको छ । प्रहरीले स्कुटर, ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares